काठमाडौँ । पश्चिम चितवनको सुन्दर पर्यटकीय क्षेत्र मेघौली गोलाघाटको पर्यटन प्रवद्र्धन गर्न यहाँका अगुवाहरुले अभियान चालेका छन् ।
त्यहाँ चितवन गोलाघाट पर्यटक विकास समिति गठन गरेसँगै यसले थप गति पाएको हो । समितिका अध्यक्ष विशाल कुमालले सो क्षेत्रमा भोलि नै एकादशी मेला आयोजना गरिएको छ भने यही १० गते बृहत सरसफाई कार्यक्रम गरिएको छ । सोही क्षेत्रमा कुमाल समुदायले आफ्नो राष्ट्रिय पर्य माघे संक्रान्ति पुन मनाउँदैछन् ।
यसका लागि अन्य पर्यटकीष् गतिविधि समेत अघि बढेको कुमालले बताउनुभयो । भरतपुर महानगरले पर्यटन वर्ष समेत घोषणा गरेकाले थप उत्साह बढेको छ ।
राप्ती नदी र नारायणी नदीको दोभानमा रहेको मेघौली गोलाघाटमा देखिएको सुर्यास्तको मनमोहक दृश्य हेर्न ,वन्यजन्तु र प्रकृतीसङ रमाउन , थारु ,कुमाल तथा आदिवासी जनजातिको संस्कृति अवलोकन गर्न , चिचर तथा घोँघीको स्वाद लिन , डुंगा शयर ,जङल सफारी गर्न देश विदेशबाट आन्तरिक तथा बाह्य पर्यटक मेघौली आउने गर्दछ्न्।
भरतपुरदेखि करिब ३० किलोमिटर पश्चिम चितवनमा रहेको यस ठाउँमा घुम्दा मनै आन्नदित हुने पर्यटकहरुको अनुभव छ । नारायणी र राप्ती नदीले तीनतिरबाट घेरिँदा मेघौली सुन्दर टापु जस्तै देखिने गरेको छ । पछिल्ला समय यातायात र सडक सन्झाल राम्रो भएका कारण पनि मेघौली गोलाघाटमा पर्यटकको चहलपहल बढदो छ ।
भरतपुरदेखि करिब १ घन्टाभन्दा कम समयमै उक्त क्षेत्रमा सहजै पुग्न सकिन्छ । दुर्लभ बन्यजन्तुजस्तै बाघ,गैंडा,हात्ती ,आदि यस क्षेत्रमा प्रत्यक्ष देख्न सकिन्छ । प्रकृतिको अनुपम नासोको रुपमा रहेको यस क्षेत्र भरतपुर भ्रमण बर्षसङै जुर्मुराउनेमा सरोकारवालाले बिश्वास व्यक्त गरेका छ्न ।
महानगरले मुख्य पर्यटकिय गन्तब्य घोषणा गरेसँगै यस क्षेत्रका सरोकारवाला उत्साहित हुँदै भ्रमण वर्षको तयारिमा जुट्न थालेका छ्न । नदी तटीय क्षेत्रमा बृहत् सरसफाइ गरेर भ्रमण वर्ष सफल बनाउन लागि पर्ने सरोकारवाला बताउँछ्न। भरतपुर २७ मा रहेको मेघौली पर्यटन विकास समिति र भरतपुर २८ मा रहेको चितवन–गोलाघाट पर्यटन विकास समितीबीच होटेल बराइमा भ्रमण वर्षको विषयमा बृहत संयुक्त छ्लफलसमेत भएको छ ।
दुबै वडाका राजनीतिक दल लगायत अन्य संस्थाका प्रतिनिधिको प्रत्यक्ष उपस्थितिमा छ्लफल हुँदा सर्बप्रथम नदी तटीय क्षेत्रको सरसफाइ गरिने निर्णय भएको जनाइएको छ । यहि मङ्सिर १० गते बृहत् संयुक्त सरसफाइ गर्न लागेको चितवन गोलाघाट पर्यटन विकास समितिका अध्यक्ष विशाल कुमालले बताए ।
बुद्धनगरदेखि मेघौली गोलाघाटको तटीय क्षेत्रमा अत्यधिक फ़ोहोर देखिएकाले सफाइ गर्न लागिएको कुमालले जानकारी दिए।उनले तटीय क्षेत्रको सरसफाइ गरेर छिट्टै बस्तीको समेत गरिने जानकारी दिए। डुङ्गा शयरमार्फत नदीका वारि र पारी रहेका फोहोर उठाउने र उचित ब्यब्स्थापन गरिने मेघौली पर्यटन विकास समितिका अध्यक्ष राजु भुसालले बताए।
उनले संयुक्त सरसफाइका लागि दुबै वडामा रहेका सामुदायिक बन ,वडा कार्यालय ,पश्चिम् चितवन होटेल व्यवसायी, संघ, होमइस्टे ,अन्य सामाजिक संघ संस्थासँग समन्वय भइरहेको जानकारी दिए ।साथै उनले मेघौलीको सरसफाइ सँगै भ्रमण वर्षका लागि जुट्न सबैमा अपिल समेत गरेका छ्न् ।