काठमाडौँ । आजदेखि यो पालीको तिहारमा मौसम सफा नै रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसम खुलेको जानकारी दिँदै अब तिहासमा मौसम सफा नै रहने जानकराी गराएको छ ।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले हिजो सानो प्रणाली आएर ठाउँठाउँमा सामान्य वर्षा गराएको र अब खासै ठूलो प्रणाली आउने अवस्था नरहेको बताउनुभयो। “भोलि थोरै बादल देखिन्छ, तर ठूलो हुन्न”, उहाँले भन्नुभयो यसपाली तिहारमा मौसमले साथ नै दिने पनि बताउनुभयो ।
कतैकतै पहाडी क्षेत्रको थोरै ठाउँमा फाट्टफुट्ट पानी आउन सक्ने तर ठूलो खालको सम्भावना नभएको पनि उहाँले बताउनुभयो । उहाँले तराइमा सफा नै हुने तर पहाडतिर भने हल्का बदलीको अवस्था आउनसक्ने बताउनुभयो ।
यसैबीच हिजो साँझ नै महाशाखाले तिहार विशेष मौसम वुलेटिन सार्वजनिक गरेको छ । जसअनुसार यस वर्ष तिहारको चतुर्दशी (२६ गते), (२७ गते), (२८ गते) र द्वितीया (२९ गते टीका) का दिनहरूमा देशको कोशी, बागमती, सुदूर–पश्चिम, कर्णाली र गण्डकी प्रदेशहरूका पहाडी भू–भागमा आशिकदेखि सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहने तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।
वुलेटिनमा देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम सरदर भन्दा थोरै घट्ने देखिएको उल्लेख छ। ।
पुनश्च भूकम्प प्रभावित सुदूर–पश्चिम, कर्णाली प्रदेशहरूका पहाडी भू–भागमा आगामी केही दिनहरूमा आशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहनसक्ने जनाइएको छ ।
उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना देखिएको छ । साथै उक्त दिनहरूमा उक्त प्रदेशहरूमा अधिकतम तथा न्यूनतम तापक्रम सरदर भन्दा थोरै घट्ने बताइएको छ ।