काठमाडौँ । काठमाडौँ महानगरले महानगरको बेरोजगारीका समस्यालाई ३ वर्ष भित्र समाधान गर्ने गरी ‘रोजगारी र आयवृद्धि काठमाडाैँ समृद्धि’ भन्ने गौरब योजना तथा श्रम बैंक स्वर्णिम योजना सञ्चालनमा ल्याएको छ।
हरेक वर्ष कम्तिमा १५००० जनालाई सीपमुलक तालिम दिने र कम्तिमा ५००० नयाँ रोजगारी सिर्नाज गर्ने लक्ष्यका साथ रोजगारी र आयवृद्धि काठमाडाैँ समृद्धि गौरब योजना ल्याइएको उनले बताए ।
महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाई एउटै प्लेटफर्ममा ल्याइ श्रम बैंकको स्थापना गरी रोजगारीको अवसर बढाउने र रोजगारदातालाई सीप युक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्यसहित श्रम बैंक स्वर्णिम योजना संचालनमा ल्याइएको हो।
महानगरका स्थायी बासिन्दा, महानगरका करदाताहरु तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरु श्रम बैंकमा आबद्ध हुन सक्नेछन्।
त्यसबाट
१. श्रम बैंकमा आबद्ध भएका दक्ष कामदारलाई अन्तर्वार्ता तयारीका साथ सोझै काममा लगाइने
२. अर्धदक्ष जनशक्ति लाइ skill upgrade का लागि तालिम दिइ काम मा लगाउने
३. अदक्ष कामदारहरुलाई रोजगारी र आयवृद्धि काठमाडाैँ समृद्धि गौरब योजनामार्फत तालिम दिई सीपयुक्त जनशक्ति निर्माण गरी रोजगार तथा स्वरोजगार सृजना गर्ने
श्रम बैंकमा आबद्ध जनशक्तिलाई तपशिलका ३ स्थानहरुमा व्यवस्थापन गरिने
१) महानगर भित्रै पूर्वाधार विकास, वातावरण संरक्षण, सरसफाई, सामाजिक विकास लगाएत का क्षेत्रहरुमा आन्तरिक व्यवस्थापन
२) महानगर job portal मार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था, प्राइभेट कम्पनी, संघ संस्था, अन्तर्राष्ट्रिय संघ संस्थाहरु
३) महानगरको श्रम बैंक एप मार्फत part time job को रुपमा सबै सेवाहरु घण्टाका आधारमा तथा पटकेका रुपमा जुन सुकै कामहरु गर्न मिल्ने व्यवस्था मिलाइने छ।
सबै किसिमका कामदारहरुलाई काम गर्दाका बखत अनिवार्य इन्सुरेन्स गरिनेछ। गौरबको योजनामार्फत विभिन्न १५ स्थानमा महानगरको आफ्नै ट्रेनिंग सेन्टरको स्थापना गरी बाह्रै महिना बिहानदेखि साँझसम्म रेगुलर तालिम संचालन गरिने छ। सो का लागि महानगर ले बजारमुखी syllabus निर्माणको समेत काम गरिरहेको छ।
निजि क्षेत्र, सरकारी, गैरसरकारी क्षेत्र, उद्योग कलकारखाना, व्यवसायहरुका लागि आवस्यक जनशक्ति माग भई आएमा सोही क्षेत्रको आवश्यकताका आधारमा तालिम दिई दक्ष कामदार पठाउने व्यवस्था मिलाइएने छ।
श्रम बैंकमा आबद्ध हुनका लागि तलको लिंक वा क्यु आर मा क्लिक गरि फारम भरि आबेदन दिन सकिने छ
https://t.ly/J-zuW
सीप विकास तालिम लिनका लागि तलको लिंक मा क्लिक गर्नसकिने छ।्
https://t.ly/EfDJw
वा काठमाडौँ महानगरपलिका कार्यलय तथा वडा कार्यलयहरु मा सम्पर्क राखेर फोर्म भर्न सकिने छ । साथै महानगरभित्र संचालित विभिन्न जब एजेन्सीहरु र तालिमप्रदायक संस्थाहरुको नियमित अनुगमनसमेत यसै परियोजनामार्फत गरिनेछ। महानगरले तयार गरेको जब पोर्टल र सबै सेवाका लागि निर्मित handyman जस्तै श्रम बैंक एप को open api हाल संचालनमा रहेका र अन्य निजी कम्पनीका सोही प्रकृतिका एपहरुलाई नि:शुल्क उपलब्ध गराइने जनाइएकाे छ।
भिडियाेका लागि तल क्लीक गर्नुहाेस्
https://www.facebook.com/balenOfficial/videos/645541477712521