सोमनाथ सापकोटा,
सन् २००८ को मध्यतिर म अवसरको खोजीमा पोर्चुगलबाट डेनमार्कतिर सरेको थिएँ । २००८ को जुनतिर डेनमार्कमा पनि एनआरएनए बनाउनुपर्छ भनेर छलफल चलाइएको थियो ।
त्यस छलफलका क्रममा सबै अभियन्ताहरूले डेनमार्कमा पनि एनआरएनएको आवश्यकता महसुस गरेको पाइएको थियो । त्यतिबेला डेनमार्कमा धेरैजसो विद्यार्थी साथीहरू नै थिए । करिब २५०० देखि ३००० को हाराहारी नेपाली विद्यार्थी त्यहाँ थिए ।
अभियानकै क्रममा विद्यार्थी भिसामै त्यहाँ केही साथीहरू लामो समयदेखि बस्दै आएको कुरा थाहा पाइयो । त्यतिबेला नेपालीहरूको विद्यार्थी संगठन मात्रै थियो । रञ्जन ओझा (जो अहिले नेपालमा हुनुहुन्छ) लगायत दीपक सापकोटा, महेश श्रेष्ठ, यमलाल सुवेदी, लोकराज शर्मालगायत धेरैधेरै साथीहरूले एनआरएनए बनाउन भूमिका खेल्नुभएको थियो ।
यस्तै एनआरएनए बनाउन तत्कालिन विद्यार्थी संगठनका अध्यक्ष नविन पौडेल, रामचन्द्र पाठक, उज्ज्वल, उदय गौतम , बाबुराम भुषाल, गणेश ढकाल, गिरी कँडेल, राधाकृष्ण सापकोटालगायतले विशेष पहल गर्नुभएकाे थियाे भने राजदुतावासको प्रत्यक्ष संलग्नता रहेकाे थियाे।
प्रवासको सहयोगमा त्यहाँको तत्कालीन डीसीएम (जो अहिले ओमानका राजदूत हुनुहुन्छ) कै नेतृत्वमा हामीले एम्बेसीमा अगस्ट १२ मा एउटा भेला बोलायौँ । म पुगेको २ महिनामै भएको त्यो भेलामा २ सयभन्दा बढी नेपालीहरूको सहभागिता रहेको थियो ।
सोही भेलाबाट मेरो नाम अध्यक्षको रूपमा अघि सारिएको थियो ।
मैले त्यतिबेला आफू भर्खर डेनमार्क आएकाले नेतृत्वमा आकाङ्क्षा नदेखाए पनि साथीहरूको प्रेसरमा अध्यक्ष बन्नुपर्ने अवस्था आएको थियो । जुन मेरा लागि चुनौती र अवसर दुवै थियो ।
मैले अगस्ट २, २००९ मा एनआरएनए केन्द्रबाट औपचारिक रूपमा प्रमाणपत्र प्राप्त गरेकको थिएँ । त्यतिबेला मेरो नेतृत्वको कार्यसमितिको उपाध्यक्षमा दीपेन्द्र चुँडाल, महेश कंसाकार, महासचिवमा प्रविन प्रजापति, सचिवमा उज्वल न्यौपाने र कोषाध्यक्षमा यमलाल सुवेदी रहेका थिए । त्यसैगरी महिला प्रतिनिधिमा सरस्वती भुसाल, युवा प्रतिनिधिमा रञ्जन ओझा, सदस्यहरूमा अमित आचार्य, दीपक आचार्य, देवी गौतम, रामचन्द्र पाठक, देवीराम लामिछाने, प्रदीप पाण्डे, राजु सिवाकोटी, प्रकाश ढकाल, मुक्ति चापागाईं, सुवर्ण गौतम, प्रकाश लामिछाने, हरि न्यौपाने, नरेन्द्र बस्न्यात, विकास श्रेष्ठ, तुल्सी पौड्याल रहेका थिए ।
मैले अगस्ट २, २००९ मा एनआरएनए केन्द्रबाट औपचारिक रूपमा प्रमाणपत्र प्राप्त गरेकको थिएँ । त्यतिबेला मेरो नेतृत्वको कार्यसमितिको उपाध्यक्षमा दीपेन्द्र चुँडाल, महेश कंसाकार, महासचिवमा प्रविन प्रजापति, सचिवमा उज्वल न्यौपाने र कोषाध्यक्षमा यमलाल सुवेदी रहेका थिए ।
त्यसैगरी महिला प्रतिनिधिमा सरस्वती भुसाल, युवा प्रतिनिधिमा रञ्जन ओझा, सदस्यहरूमा अमित आचार्य, दीपक आचार्य, देवी गौतम, रामचन्द्र पाठक, देवीराम लामिछाने, प्रदीप पाण्डे, राजु सिवाकोटी, प्रकाश ढकाल, मुक्ति चापागाईं, सुवर्ण गौतम, प्रकाश लामिछाने, हरि न्यौपाने, नरेन्द्र बस्न्यात, विकास श्रेष्ठ, तुल्सी पौड्याल रहेका थिए ।
म अध्यक्ष भएसँगै हामीले निकै राम्रो काम गर्ने अवसर पाइयो । नेपाली समुदायलाई जोड्ने र त्यसपछि तुरुन्तै डिसेम्बरमा सेभ द हिमालय क्याम्पेन चलाइयो । कोप १५ को अवसरमा हामीले डेनमार्कमा अत्यन्तै महत्त्वपूर्ण काम गरेका थियौं ।
त्यो अवसरमा नेपालको हिमाल पग्लिरहेको छ भनेर विश्वको ध्यान आकर्षित गराएर पर्यावरणको क्षेत्रमा महत्पूर्ण सन्देश प्रवाहित गरेका थियौँ ।
नेपाल सरकार र एनआरएनएसमेतको पहलमा त्यतिबेला सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित पाँच जना मन्त्री ३७ जना सांसदहरु र २०० भन्दा बढी समिटर्सहरुको उपस्थितिका बीच भव्य कार्यक्रम सम्पन्न गरिएको थियो ।
त्यही सिलसिलामा मैले राष्ट्रिय समन्वय परिषद्मार्फत केही उल्लेखनीय कामहरु गर्ने अवसर पाएँ । त्यसै प्रसंगमा गैरआवासीय नेपाली संघ स्वीडेन स्थापना गर्न पहल गरियो । हाम्रो टीमले त्यहाँ गएर गैरआवासीय नेपाली संघ स्वीडेनको स्थापनामा सहयोग गरेको थियो । नविन थपलियाको अध्यक्षतामा त्यहाँ कमिटी गठन गरेर स्वीडेनलाई पनि एनआरएनएभित्र समाहित गर्न सफल भयौँ । त्यसैगरी चेकलगायतका अन्य देशहरु मेरो नेतृत्व र समन्वयमा धेरै राष्ट्रिय समन्वय परिषद् स्थापना गर्ने अवसर प्राप्त गरेको थिएँ ।
समग्रमा गैरआवासीय नेपाली संघ डेनमार्क युरोपमा अब्बल दर्जाको राष्ट्रिय समन्वय परिषद्को रूपमा स्थापित भई अत्यन्तै महत्त्वपूर्ण काम गर्दै आइरहेको छ ।
नेतृत्व विकासमा यस कार्यले महत्पूर्ण भूमिका खेलेको हुनाले हाल डेनमार्कबाट धेरैले केन्द्रीय कार्यसमितिमा काम गरिसक्नुभएको छ । छोटो समयमा गैरआवासीय नेपाली संघ स्थापना गर्न सहयोग गर्ने सबै सबैमा धन्यवाद ज्ञापन गर्दै संस्थापक अध्यक्षको रूपमा संस्थापक अध्यक्षको रूपमा मलाई सम्मान गरिन लागेकोमा खुसी व्यक्त गर्दै नेतृत्व गर्ने अवसर पाएकोमा गौरव महसुस गर्दछु । (सापकोटा एनआरएएको उपमहासचिव पदका उमेद्वार हुन्)
यस्तो छ प्रगति रिपोर्ट