काठमाडौँ, २ पुस : काठमाडौँमा ४ देशका कलाकारहरुको सहभागितामा ईन्टरनेशनल आर्ट क्याम्प तथा कला प्रर्दनी सुरु भएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा कला प्रदर्शनी र कलाकारलाई अवार्ड वितरण गरेर सुरु भएको प्रदर्शनी तथा आर्ट क्याम्पअन्तरगत आज कलाकारहरुले वसन्तपुर दरबार स्क्वायरमा कला कार्यशाला आयोजना गरेका छन् ।
भिडिओ
भारतको राष्ट्रिय कलाकार संघको आयोजना तथा नेपाली कलाकारहरुसँगको सहकार्यमा भएको उक्त प्रदर्शनीमा भारतका १३, नेपालका १४, वंगदालेशका २ र श्रीलंकाका ९ जना कलाकार सहभागी छन् । उक्त अतरराष्ट्रिय कला प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा मंगलबार उद्घाटन गरिएको थियो ।
भिडिओ : विश्वाजीत दाम
भिडिओ : हेमन कालिता
उक्त कार्यक्रमका संयोजक तथा राष्ट्रिय कलाकार संघ भारतका अध्यक्ष विश्वाजीत दामले पहिलो पटक नेपामा आएर कला प्रदर्शनी तथा कला क्याम्प गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “वसन्तपुर निक्कै यूनिक र उत्कृष्ट पर्यटकीय क्षेत्र लाग्यो, यहाँका सम्पदाको कलाले आफूलाई तान्यो ।”उहाँले यसरी विभिन्न देशमा गएर आर्ट क्याम्प गर्ने गरेको पनि सुनाउनुभयो ।

कार्यक्रम आयोजना गर्नुको उद्देश्यबारे उहाँले भन्नुभयो, “हरेक देशका कलाकारका अलगअलक सीप हुन्छन् । ती सीपको विकास तथा सीप आदानप्रदान गर्न र आपसरी सहकार्य र भारचारा बढाउनका लागि र सीप हस्तान्तरण गर्न यो कार्यक्रम गरिरहेका छौँ । युवाहरुलाई कलामा आकर्षित गराउने अर्काे लक्ष्य हो ।”
यसअघि भारतमा कार्यक्रम हुँदै आएको र अभियान अन्तरगत क्याम्प पहिलो पटक नेपालमा बाट सुरु गरिएको र निकट भविश्यमा थाइल्याण्डमा प्रदर्शनी र क्याम्प गरिने पनि उहाँले बताउनुभयो ।
भारतबाट आएका अर्का कलाकार तथा क्यूरेटर हेमन कालिताले काठमाडौँमा पहिलो पकट आएर कलाको कार्यक्रम आयोजना हुँदा खुसी लागेको बताउँदै काठमाडौँका कलात्मक दृष्यले आफुलाई खुसी बनाएको बताउनुभयो ।

कार्यक्रममा सहभागी नेपाली कलाकार दिपेन्द्रमान बनेपालीले भारतीय कलाकारहरुको संस्थाबाटै आयोजना भएको यो कार्यक्रमले आपसी सम्बन्ध विस्तारमा सहयोग गर्ने बताउनुभयो ।
यसले पर्यटन विकासमा पनि टेवा पुगेको उल्लेख गर्दै उहाँले नेपालका सम्पदाबारे उनीहरुले कला सिर्जना गरेर आआफ्नो देशका प्रचार हुँदा नेपालको पर्यटन प्रवद्र्धनमा योगदान हुने बताउनुभयो ।
आज आर्ट क्याम्पमा संघले यहाँ सहभागी कलाकारहरुलाई क्यानभाससहित रङ समेत वितरण गरेको थियो । कलाकारहरुले वसन्तपुर दरबार क्षेत्रका सम्पदालाई क्यान्भासमा उतारेका छन् ।
आजको क्याम्पमा अग्रज कलाकार तथा अन्तरराष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबि गुरुङले कलाको लाईभ डेमोस्ट्रेसन गर्नुभएको थियो ।
उहाँले जलरङमा हनुमानढोका दरबार स्वायरलाई क्यान्भासमा उतार्नुभएको थियो । भोलि विहीवार प्रतिष्ठानको कार्यालय नक्सालमा कला प्रदर्शनीसहितका कार्यक्रम आयोजना गरिएको छ ।

