काठमाडौँ, २८ मङ्सिर : राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद व्यवस्थापन प्रभावकारी बनाउने उद्देश्यले शनिवारदेखि विभिन्न स्थानीय पालिकाहरुका प्रतिनिधिहरुलाई तालिम दिन सुरु गरेको छ ।
प्राधिकरणणले ’विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम पाठ्यक्रम, २०८१’ बमोजिम काठमाडौँमा सात दिने स्वयंसेवक तालिम सुरु गरेको प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्टले जानकारी दिनुभयो ।
काठमाडौँको शङखरापुरमा आयोजित तालिम उद्धाटन गर्नुहुँदै प्राधिकरणका कार्यकारी प्रमुख ई.भट्टले विपद्का घटना हुँदा सबैभन्दा पहिले पुग्ने स्थानीय मानिसहरु नै भएकाले स्थानीयलाई नै तालिम दिँदा प्रतिकार्य प्रभावकारी हुने धारणा राख्नुभयो ।
यस किसिमको तालिमले विपद उद्धार प्रभावकारी हुने हुँदा सबै स्थानीय पालिकामा पुर्याइने उहाँले बताउनुभयो ।
तालिममा धनुषाको सहिदनगर नगरपालिका र सबैला नगरपालिकाका ६ जना महिला र १८ जना पुरुष गरी २४ जनाको सहभागिता रहेको छ ।
प्राधिकरण, सहिदनगर र सबैला नगरपालिकाको संयोजन र तत्पर परियोजना अन्तर्गत प्लान नेपाल तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको संयोजन तथा जलवायु उत्थानशील इन्जिनियरिङ्गको प्राविधिक सहयोगमा तालिम सुरु भएको हा ।
तालिम ७ दिनसम्म रहने छ । तालिममा स्वयंसेवकहरुले विपद उद्धारमा गर्नुपर्ने कार्यहरुका बारेमा जानकारी दिइने छ ।