काठमाडौँ, १७ मङ्सिर : नेपालमा क्रमशः चिसो बढ्दै गइरहेको छ । जल था मौसम विज्ञान विभागले जाडो सिजन लागिसकेको र चिसो बढ्ने क्रममा रहेको जानकारी दिएको छ ।
आज सबैभन्दा कम जुम्लामा न्युनतम तापक्रम माइन ५.२ पुगेको विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिजो अस्ति त्यहाँको न्यनतम तापक्रम माइनर २ देखि ३ सम्म रहेकोमा आज तापक्रम घटेर माइनस ५.२ मा पगेको हो । यो वर्षकै सबैभन्दा कम तापक्रम भने गएको २५ नोभेम्बरमा जुम्लामा माइनस ५.५ पुगेको थियो । त्यसैको नजिक आज पुगेको छ ।
त्यसपछि केही दिन क्रमश तापक्रम थोरै माथि उक्लिएर माइनस २ देखि ३ सम्म पुगेकामा आज फेरि बढेको हो ।
पछिल्लो एकदई दिनमा राती बादल भएकाले बढी चिसो महसुस भएको छ । दिउँसोमा भने धेरैजसो स्थानमा घाम लाग्दा न्यानो महसुस हुने गरेको छ । आज पनि काठमाडौँ उपत्यकालगायत ठाउँमा विहानभर बादल लागेर चिसो महसुस गराएको उहाँले बताउनभयो । दिउँसो भने खुल्ने छ ।
“रातीमा बदली हुँदै र दिन बढ्दै जाँदा खुल्दै गइरहेको छ । विस्तारै घाम लाग्छ र खुल्दै जानाले न्यायो महसुस चाहिँ हुन्छ । उपत्यका र तराईमा वायु प्रदूषण पनि रहेको छ”, मौसमविद् झाले भन्नभयो, “जनवरीमा अझ तापक्रम घट्दै जानेछ, अहिले बादल बंगलाको खाडीमा बनेको न्यून चापीय प्रणालीले असर गरेको छ । अलीअली पाकिस्तान क्षेत्रमा पनि न्यून चापीय क्षेत्रका कारण पश्चिमी वायु पनि बन्दै छ । त्यसले पनि असर गरिरहेको छ ।”
विभागको विवरणमा अहिले ९ बजेको अभिलेख अनुसार काठमाडौँमा अधिकतम तापक्रम १९.१ र न्युनतम तापक्रम ८.५ रहेको छ ।
नेपालगञ्जमा अधिकतम तापक्रम २५ र न्यूनतम तापक्रम १२ रहेको छ । पोखरामा अधिकतम २१ र न्यूनतम तापक्रम ११, भैरहवामा २६.६ र १३, जनकपुरमा अधिकतम तापक्रम २३ डिग्री र न्यूनतम तापक्रम १२ डिग्री रहेको छ ।
यस्तै ताप्लेजुङमा अधिकतम तापक्रम १७ र न्यूनतम तापक्रम ९ डिग्री रहेको छ भने जुम्लामा अधिकतम २० र न्यूनतम तापक्रम माइनस ५.२ डिग्री रहेको छ ।