काठमाडौँ, ११ असोज : नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर ५० हजारको हाराहारमिा सुरक्षाकर्मीहरु परिचालन गरिएको जानकारी दिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा युनिटहरुले विशेष चाडपर्व सुरक्षा योजना बनाइ लागुगरिसकेको र सबै गरेर ५० हजार हहाराहारीमा सुरक्षाकर्मी परिचालन हुने जानकारी दिनुभयो ।
“भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि शान्ति सुरक्षा अमनचयन कायम गर्न अन्य सुरक्षा निकायसँगको समन्वय र नागरिकसँगको हातेमालो गर्दै सुरक्षाको प्रवन्ध गरेका छौँ”, घिमिरेले भन्नुभयो, “सम्भावित जोखिम क्षेत्रसमेत पहिचान गरी विशेष निगरानी बढाइएको छ ।”
उहाँका अनुसार आवश्यकताका आधारमा ड्रोनको प्रयोग, कुकुरको समेत प्रयोग हुने छ भने सादा पोषाकमा समेत प्रहरी परिचालन हुने छन् ।
काठमाडौँ उपत्यकामा मात्रै ६ हजार बढी चाडपर्व केन्द्रित नै सुरषाकर्मी परिचालन हुने र आवश्यक परेमा थप फोर्स समेत परिचालन हुने गरी तयारी गरिएको छ ।
मुख्यगरी सवारी साधनको आवागमन सहज बनाउने तथा चाडपर्वमा हुने भेला जमघटमा मदिरा खाएर होहल्ला गर्ने झगडा गर्ने तथा आपराधिक क्रियाकलाप चोरी तस्करीका घटना बढी हुने भएकाले त्यसतर्फ विशेष निगरान िगरिएको प्रहरीले जनाएको छ ।
यस्तै कालोबजारी, टिकटमा हुने बढी शुल्कलगायत गतिविधिको पनि निगरानी भइरहेको प्रहरीले जनाएको छ ।
सिआरभी, क्युआर्टी टोली, प्रदल गस्ती, साइकल गस्ती तथा मोबाइल गस्ती समेत रातीमा पनि परिचालन हुने छन् ।
प्रहरीले आफ्नो स्रोतसाधनको उच्चतम उपयोग गर्दै सुरक्षा निगरानी गरिरहेको प्रवक्ता घिमिरेले बताउनुभयो ।