काठमाडौँ, ४ असोज : जेनजीका नाममा भएको आन्दोलनका सहिद परिवार र घाइतेहरुले शहिदको रगत र घाइतेको योगदानमाथि खेलबाड नहोस् भन्ने चाहना रहेको बताएका छन् ।
उहाँहरुले शहिदहरुले कसैलाई सत्तामा पुर्याउनभन्दा पनि समाजमा व्यप्त भ्रष्टाचार र कुशासन अन्त्यको लागि बलिदान गरेको बताउनुभएको छ ।
आज शनिवार संवाद डबलीमा आयोजित कार्यक्रममा घाइते अछामका आदित्य रावलले आफूहरुले कसैलाई कुर्सीमा पुर्याउनका लागि आन्दोलन नगरेको बताउनुभयो ।
उहाँले सरकारले सहिद परिवार र घाइतेको जीविकोपार्जनबारे ठोस कार्यायोजना बनाउनुपर्ने पनि बताउनुभयो ।
त्यसैगरी घाइते गुल्मीका गोकर्ण विस्ट, हुम्लाका सुरेश ऐडीले आफूहरु त्रासको वातावरणमा बसेको बताउँदै घाइतेको उपचारसँगै भयरहित वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।
त्यस्तै,घाइते प्रकाश विष्टकी दिदी दुर्गा विस्टले आफ्ना भाईहरुको रगत खेर नजाओस् भनेर कामना गर्नुभयो । घाइतेका आफन्त सरस्वती रावलले घाईतेहरुले अस्पतालकै बेडमा आफ्नो योगदान खेर जाने अवस्था आउँछ कि भन्ने चिन्तामा रहेको बताउनुभयो ।
जेनजी अगुवा सुप्रिया नेपालीले राजनीतिक स्थिरताका लागि आफूहरुले आन्दोलन गरेको विज्ञहरुको मन्त्रिपरिषद्, पूर्णसमानुपातिक निर्वाचन प्रणाली, शिक्षा, स्वास्थ्य निःशूल्क, २०४६ यता उच्च तहमा पुगेका राजनीतिज्ञ र प्रशासकहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग रहेको बताउनुभयो र
कार्यक्रममा जेनजी आन्दोलनका अगुवा प्रकाश रावलले २३ गतेको आन्दोलन देशको मुहार फेर्न भएको बताउनुभयो ।