काठमाडौँ : मैले भनेँ एकातिर एउटा यो परिस्थिति छ भने अर्कोतिर जुन परिस्थितिमा म आएँ । कुनै रहरले म आएको होइन । सडकबाट जताततैबाट मलाई, फलानालाई, सुशीला कार्कीलाई जिम्मा देऊ भनेर आवाज उठ्यो । मैले पनि विवश हुनुपर्यो ।
जहाँसम्म मेरो जुन टिम छ, टिमले जुन काम गरिराखेको छ, हामी कुनै यो सत्ताको, पदको रसस्वादन गर्न आएको होइन । मेरो उमेर पनि होइन त्यो ।
हामीले के चाहेको हो भने ठीक छ हाम्रो खोजी गरियो, यो बेलामा हामीले किन सेवा नगार्ने भनेर सक्दो हामीले के गर्यौं भने ६ महिनामात्र अवधि, त्योभन्दा बढी नबस्ने । कुनै हालतमा भए पनि पूरा हाम्रा कामकारबाही गरेर हामी मुक्त हुने र, नयाँ आउने संसद, नयाँ आउने मन्त्रीहरुलाई जिम्मेवारी र दायित्व सुम्पिने अठोट गरेका छौं ।
मलाई जहाँसम्म लाग्छ, यो अठोटमा यहाँहरुको साथ नपाइकन सम्भव छैन । सुरक्षा निकायले पनि हामीलाई साथ नदिइकन यो सम्भव छैन । त्यसैले गर्दा हेर्नुस्, मलाई सहयोग गर्नुस् ।
हाम्रो जति नोक्सान भएको छ, क्षति भएको छ, मैले त मुख्य सचिवज्यूलाई पनि हिजो–अस्ती नै भनेँ– किन आफैं, आफ्नैतर्फबाट, मुलुकका जनताबाट पहल गरेर त्यो कुराहरुको पूरा निक नगर्ने रु
सानो भए पनि तिनो भए पनि तराईमा किन बाँसका भाटा जोडेर प्रहरीको बिट किन नबनाउने? सस्तो, कामचलाउ भए पनि त पुग्छ, त्यो हामी किन नगर्ने?
कार्कीको मन्तव्यको केही अंश
यसका साथै उनले जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहिद घोषणा गर्ने, मृतक परिवारलाई जनही १० लाख दिने, मृतक परिवारलाई काठमाडौँ बस्दाको खर्च सरकारले दिने । घाइतेको निशुल्क उपचार गर्ने । शव लैजान घर पुर्याउन सहयोग गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
उनले व्यक्तिका घर, सुरक्षा निकाय, अदालत, सिंहदरबार व्यवसायिक भवनहरु जलाइएको छ, ती भवन उठाउन आवस्यक सहयोग गरिने जानकारी दिनुभयो । यो एउटा अपराध भएको र अनुरन्धान गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।