काठमाडौँ, २३ भदौ : काठमाडौँ उपत्यकाको तीनै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
जेन-जी पुस्ताको प्रदर्शनको चर्चाका बीच हिजैबाट आवश्यक सुरक्षा प्रबन्ध गरिएको र सोहीअनुसार विहानैदेखि सुरक्षाकर्मी आवश्यकताका आधारमा परिचालन भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अवाञ्छित गतिविधि हुनसक्ने कुरालाई ध्यानमा राखेर ड्रोनबाट समेत निगरानी भइरहेको छ ।
“यसले एउटा रेकर्डेट पनि हुन्छ र कुनै घटना भइहालेमा पनि त्यसलाई नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकिन्छ भनेर ड्रोनबाट निगरानी गरिरहेका छौँ, अन्य सबै क्षेत्रमा आवश्यताका आधारमा सुरक्षा टोली परिचालन भएको छ”, प्रजिअ रिजालले भन्नुभयो ।”
अहिले काठमाडौँको माइतीघरमा जेनजी पुस्ताका नामममा केही सय मानिसहरु भेला भएको जानकारी आएको बताउँदै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले तीनै जिल्लामा आवश्यकताका आधारमा उचित सुरक्षा प्रबन्ध रहेको बताउनुभयो।
प्रवक्ता खनालले भन्नुभयो, “हामीले सुरक्ष योजना बनाएर नै परिचालन गरेका छौँ, सबै लाग्ने डिउटी खटाइसकेका छौँ । कमाण्ड पोष्ट परिचालन भइसकेको छ ।”
भ्रष्टाचार तथा सामाजिक सञ्जालमा लगाइएको रोकविरुद्ध भन्दै जेनजी पुस्ताले आज उपत्यकामा प्रदर्शन गर्ने कार्यक्रम रहेको भनेर प्रचार भएपछि उपत्यकामा सुरक्षा निगरानी बढाइएको हो । अहिले विहानै केही ठाउँमा प्रदर्शन समेत सुरु भइसकेको छ