काठमाडौँ : साहित्यकार विन्दुु अधिकारी ढकाल र भगवती अधिकारी सेडार्इँद्वारा सम्पादित एवम् प्रकाशित ‘आमाका पाइला’ कृतिको भक्तपुरमा लोकार्पण गरिएको छ ।
पूुर्वमन्त्री एवम् साहित्यकार शंकरप्रसाद कोइरालाको प्रमुुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा कृति समालोचना साहित्यकार कुुलप्रसाद पराजुुलीले गर्नुुभएको थियो ।

पूुर्वमन्त्री टंक ढकाल, प्राध्यापक डा.विनोद लुुइटेल, पत्रकार शिवकुुमार भट्टराईसमेतले शुुभकामना दिनुुभएको उक्त कार्यक्रममा उद्योगी, व्यासायि, साहित्यकर्मी, प्राध्यापक, समाजसेवी, राष्ट्रसेवक लगायतको उपस्थिति थियो ।

अक्सिजन कवि बालकृष्ण अधिकारीकी धर्मपत्नी लक्ष्मी अधिकारीको जीवन संघर्षमा आधारित रहेर तयार पारिएको ‘आमाका पाइला’ कृतिमा विभिन्न २६ वटा लेख÷रचना रहेका छन् ।
लक्ष्मी अधिकारीको जीवनमा आइपरेका सुुखदुुःखका क्षण, उहाँले गर्नुुभएको संघर्ष, समाजमा पुु¥याएको योगदान, दिएको संस्कार र मार्ग दर्शन समेटिएको यो कृतिले भावी सन्ततिलाई महत्वपूर्ण प्रेरणा मिल्ने कुुरा कार्यक्रमका वक्ताहरुले बताउनुुभयो ।

साहित्यकार देवी घिमिरेले सञ्चालन गर्नुुभएको उक्त कार्यक्रममा पूर्वको संस्कृति झल्किने संगिनी नृत्य पनि प्रस्तुुत गरिएको थियो ।
बुवाको मुुख हेर्ने दिनको संयोग पारेर भएको उक्त कार्यक्रममा ६ जना ८० वर्ष नाघेका जेष्ठ नागरिकहरुलाई ‘बुुवा सम्मान‘ प्रदान गरिएको थियो । साथै, कृतिमा रचना भर्ने स्रष्टाहरुलाई पनि सम्मान गरिएको थियो ।
सीताराम–पदमकुुमारी फाउण्डेसनका अध्यक्ष अधिवक्ता विश्वमणी गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रकमा तीज गीत तथा नृत्य पनि प्रस्तुत गरिएको थियो ।

