काठमाडौँ : काठमाडौँमा विद्यार्थीका लागि नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलनको १०औँ संस्करण हुने भएको छ।
रिलायन्स शैक्षिक सञ्जालको आयोजनामा ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलनको १०औँ संस्करण हुन लागेको आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ।
यही साउन २८ गते भोलिदेखि ३१ गतेसम्म बूढानीलकण्ठ नगरपालिका १०, कपनमा रहेको रिलायन्स पब्लिक स्कुलमा १३ देखि १८ वर्ष उमेर समूहका २०० विद्यार्थीहरूको सहभागितामा उक्त सम्मेलन हुन लागेको पत्रकार सम्मेलनमा उक्त कार्यक्रमका निर्देशक दिलिप नेपालले जानकारी दिए।
भिडिओ : वसन्त लामिछाने
https://www.facebook.com/samriddhisanchar/videos/656864730757085
उनका अनुसार कार्यक्रममा काठमाडौँ उपत्यकाका १८ तथा उपत्यका बाहिर रुपन्देही, चितवन, धनुषालगायत जिल्लाकासहित २२ वटा विद्यालय तथा क्याम्पसका २०० विद्यार्थीले भाग लिने छन्।
विसं २०८२ सालदेखि सञ्चालित सम्मेलनमा विद्यार्थीहरूलाई कुटनैतिक क्षमता अभिवृद्धिको अभ्यास गराइने छ।
विश्वका जल्दाबल्दा समस्याहरू जस्तैः जलवायु परिवर्तन, स्वचालित तथा कृत्रिम बौद्धिकताले क्षमताकृत हतियारहरूको नियमन, सुशासानका लागि भ्रष्टाचार निवारण, मानिसमा हुने जनावरको अङ्ग प्रत्यारोपणले निम्त्याउन सक्ने जोखिम, दीगो विकास लक्ष्य प्राप्तिका प्रयासमा आर्थिक तथा सामाजिक समावेशिताको भूमिका, शसस्त्र द्वन्द्व र शरणार्थी अधिकार संरक्षण जस्ता विषयमा विभिन्न आठ समितिहरूमा रहेर बहस, वार्ता तथा समस्या समाधानको प्रयास गरिने जनाइएको छ ।
तीन दिनसम्म चल्ने सम्मेलनमा निःशास्त्रीकरण तथा अन्तरराष्ट्रिय सुरक्षा समिति, सामाजिक, मानवतावादी तथा सांस्कृतिक समिति, ऐतिहासिक संकट समिति र नेपालको संघीय संसद् नेपाल, विश्व स्वास्थ्य संगठन, अन्तरराष्ट्रिय प्रेस कप्स संयुक्त राष्ट्र विकास कार्यक्रम, संयुक्त राष्ट्र मानव अधिकार परिषद्का नमूना समिति र त्यसका कामकारबाहीका बारेमा अभ्यास गराइने छ।

संयुक्त राष्ट्र संघ नेपालसँगको रणनैतिक साझेदारीमा हुन लागेको कार्यक्रमको उद्घाटन बिहीवार संयुक्त राष्ट्रसंघका पूर्वआवासीय समन्वयक तथा आवासीय प्रतिनिधि विश्व पराजुलीले गर्ने जनाइएको छ।
कार्यक्रमले विद्यार्थीमा कुटनैतिक क्षमता, नेतृत्व विकास, अनुसन्धान क्षमता अभिवृद्धि गर्ने तथा विश्व समाज, राजनीति, भूगोल तथा अर्थतन्त्रको बारेमा गहिरो सिकाई हुने अपेक्षा राखिएको रिलायन्स पब्लिक स्कुलका प्रिन्सिपल वसन्त लामिछानेले जानकारी दिए।
कार्यक्रममा रिलायन्स शैक्षिक सञ्जालका अध्यक्ष रवीन्द्रजङ थापाले संयुक्त राष्ट्रसंघका विभिन्न ६ वटा समिति र नेपालको संसदीय अभ्यासका बारेमा अभ्यास गराइने र यसबाट विद्यार्थीहरूमा नयाँ सिकाई प्राप्त हुने बताए।
उनले कार्यक्रमको तयारी पूरा भएको पनि जानकारी दिए।्
विज्ञप्ति:
