काठमाडौँ : भक्तपुर जिल्लामा मनसुनी विपद् व्यवस्थापनका लागि पूर्वतयारीलाई चुस्त बनाउन र सम्भावित जोखिम न्यूनीकरण गर्न उच्च प्राथमिकताका साथ कार्य अघि बढाएको छ।
आफ्नो पूर्वतयारीका विषयमा हालसम्म गरेका गतिविधिका बारेमा जिल्ला प्रशासन कार्यालय भक्तपुरले पत्रकारमाझ आज सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
सम्भावित जोेखिम क्षेत्रको पहिचान गर्दै, सरोकार राख्ने निकायबीच कार्यविभाजन गरी सुरक्षित स्थानको समेत पहिचान गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनेलगायत विपद व्यवस्थापनको काममा चुस्त तयारी गरिएको छ ।
विपद प्राधिकरणमा कार्य गरी अनुभवप्राप्त भक्तपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेले भक्तपुरमा राष्ट्रिय प्रतिकार्य योजना अनुरुप विपद व्यवस्थापन कार्य तथा पूर्वतयारीलाई थप प्रभावकारी बनाउनुभएको छ ।
सही सूचना प्रवाहका लागि पत्रकारसँगको समन्वयलाई समेत प्रभावकारी बनाइएको पाण्डेले जानकारी दिनुभयो।

कहाँकहाँ छ जोखिम ?
जोखिम बाढी, पहिरो तथा डुवानका जोखिम क्षेत्र पहिचान गरी सम्भावित जोखिमलाई समेत मध्यनजर गरी आवश्यक कार्यविभाजन तथा सुरक्षित स्थानको समेत पहिचान गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।
उहाँले आपतकालीन अवस्थामा आवश्यक पर्ने सम्पर्क नम्बर सार्वजनिक गर्दै नागरिकका लागि सचेत हुन र जोखिमबारे सूचना आदानप्रादनमा चनाखो हुन समेत अनुरोध गर्नुभएको छ ।
उहाँले विपदजन्य जोखिम क्षेत्रको नक्ससमेत तयार पारेर सरोकार राख्न सम्बद्ध संघसंस्था व्यक्ति तथा सुरक्षा निकायका लागि हाई अलर्टमा राखिएको समेत बताउनुभयो ।



यस्तो छ हालसम्म गरिएका प्रयास
पत्रकारमाझ भक्तपुर प्रशासनले हालसम्म गरिएका विपद व्यवस्थापनका गरिएका प्रयासका बारेमा समेत जानकारी गराएको छ ।


पत्रकारसँग अपेक्षा
प्रशासनले पत्रकारहरुसँग पनि अपेक्षा राख्दै सही सूचना सम्प्रेशण गर्न, जनचेतनामुलक सन्देश प्रवाह गर्न, विपद व्यवस्थापन गर्ने निकायका गतिविधि निगरानी गर्न, राहत पुनस्थापनका विषयमा पारदर्शीताका लागि सहयोग गर्न, पीडितको यथार्थ अवस्था उजागर गर्न, उद्धारका निकायसँग सहकार्य गर्न र गलत सूचना प्रवाह हुन नदिन पनि अनुरोध गरेको छ ।


