काठमाडौँ, २६ असार : भोटेकोशीमा मंगलबार आएको बाढीले सडकक्षेत्रमा अलपत्र परेका ४८५ जनालाई सुरक्षित गन्तव्यतर्फ पठाइएको छ ।
्
असार २४ गते मध्येरातमा भोटेकोशीमा आएको बाढी कारण पूर्णरुपमा बन्द भएको स्याफ्रुबेँशी र रसुवागढी सडकखण्डमा सुरक्षार्मीले अस्थायी पदमार्ग बनाई ४८५ भन्दा बढीलाई सुरक्षाका साथ गन्तव्यतर्फ पठाइएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आजसम्मको प्रयोसमा उनीहरुलाई गन्तव्यमा पठाउन सफल भएको हो । भन्सार कार्यालय यार्डमा फसेका २ वटा कन्टेनर र १ ईभि गाडीलाई सुरक्षित स्थानमा सारिएको पनि उहाँले बताउनुभयो ।
भोटेकोशी नदीमा आएको बाढिले ठूलो जनधनमा क्षति पु¥याउनुका साथै बाढीमा परी सुरक्षाकर्मीसहित स्थानीय सर्वसाधारण गरी १९ जना बेपत्ता भएका छन् ।
बेपत्ता भएकाहरुमा २ सुरक्षाकर्मीसहित ११ जना नेपाली र ६ जना चिनियाँ नागरिक छन् । हालम्म ४ जनाको शव फेला परेको छ भने ५ वटा मानव अंग मात्र फेला परेको छ ।
फेला परेको शवमध्ये १ वटा शवको मात्र पहिचान हुन सकेको छ भने अन्य शव र मानव अंग त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढी भोटेकोशीमा मिसिँदा सो नदीले उग्ररुप लिई रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढीमा रहेको नेपाल–चीन जोड्ने मितेरी पुल नै बगाएको छ ।
पुलमा समेत क्षती पु¥याएको छ । नेपाल–चिन भन्सार नाका जोड्ने बाटो हाल अवरुद्ध भएको छ । सो क्षेत्रबाट नेपाली ५० जना, चिनीयाँ नागरिका १ जना भारतीय नागरिक ४ जना गरी ५५ जनाको सकुशल उद्धार गरिएको थियो ।
बाढीको जोखिमा रहेका १६५ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
भोटेकोशीमा आएको बाढीले ४२ वटा ईभी गाडी, २३ वटा कार्गोसहितको कन्टेनर, ६ वटा ट्रकलगायत लोेडर, एक्जाभेटर, ८ वटा हेभी इक्युपमेन्ट, ३० वटा वेल्डिङ मेसीन र २० वटा ग्राण्डिङ मेसिन बगाएको छ ।
भन्सार क्षेत्रमा रहेको ईभी गाडीका चार्जिङ्ग स्टेसन, रसुवागढी जलविद्युत आयोजनाको ड्याम, हेडवक्र्स र लेवर क्याम्प, चिलिमे जलविद्युत आयोजनाको सुरुङ्गमार्गमा समेत क्षति पुर्याएको छ ।