काठमाडौँ, १५ असार : राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज आइतवार र सोमवार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ ।
प्राधिकरणका प्रवक्ता सुरेन सुनारले जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा अति भारीसम्म वर्षा हुनसक्ने भनी विशेष बुलेटिन जारि गरिसकेको र सो आधारमा ती १२ जिल्ला बढी जोखिमा रहेको बताउनुभयो ।
उहाँका अनुसार सुदूरपश्चिम प्रदेशको बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङमा भारी वर्षाको जोखिम रहेो छ ।
अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
पछिल्लो द्दद्ध घण्टामा प्यूठान, डोटी, बाग्लुङ, कैलालीका केही ठाउँमा भारी वर्षा भएको जल तथा मौसम विज्ञानन विभागे जनाएको छ । अहिले देशभर बदली रहेको र कतिपय स्थानमा वर्षा भइरहेको जनाइएको छ ।
असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै अन्य प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमासमेत भारीदेखि धेरै अति भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।