काठमाडौँ, २४ जेठ : काठमाडौँ महानगरपालिका वडानम्बर १५, स्वयम्भू खेलकुद विकास समिति र चागाः तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा आज यहाँ वडास्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगितामा आयोजना गरिएको छ ।
उक्त प्रतियोगितामा २२ वटा स्कुलका ९५ जना विद्यार्थी सहभागी भएका थिए।
दुई समूहमा उक्त प्रतियोगिता आयोजना गरिएको थियो । समूह कमा कक्षा ३–६ का विद्यार्थीका लागि हिमाली सम्पदा शीर्षकमा चित्र कोर्न लगाइएको थियो ।
भिडिओ :
https://www.facebook.com/samriddhisanchar/videos/1397835561265387
उक्त समूहमा ४९ जना विद्यार्थी प्रतिस्पर्धामा सहभागी थिए । उक्त प्रतियोगितामा बिजेश्वरी ज्ञान मन्दिर सैनिक आवाशीय विद्यालयकी अपेक्षा भट्टराई पहिलो, सोही स्कुलकी आश्रिया चक्रधर दोस्रो, स्वर्णिम स्कूलका अभिक मानन्धर तेस्रो भए भने डल्ल्ु आवासीय विद्यालयकी रीतु राना र बुद्धज्योति एकेडेमीका अनुप शर्माले सान्त्वता स्थान प्राप्त गरे।
समूह खमा रहेका कक्षा ७–९ का विद्यार्थीहरुलाई खेलकुद र सद्भाव शीर्षकमा चित्र कोर्न लगाइएको थियो ।
उक्त प्रतियोगितामा मैत्री स्कूलका आश्विनी मानन्धर पहिलो, कामना इन्टरनेशनल स्कूलका चञ्चल शाह दोस्रो, यूरो स्कुलकी एन्जिला धमला तेस्रो र बोधिसत्य स्कुलका साज मानन्धरले सान्त्वना स्थान प्राप्त गरे ।
समूह खमा ४६ विद्यार्थीहरु सहभागी भएका प्रतियोगिताका निर्णयक, कलाकार दिवेश प्रधानले जानकारी दिनुभयो ।