कुमरोज : चितवनको कुमरोज सामुदायिक वनको दराईबोटे ताल नजिक सोमवार एक जोढी गैंडा देखियो । पुगेका पर्यटकले पोजपोजका तस्वीर र भिडियो खिच्न पाए ।
यसले संरक्षणकर्मी र आगन्तुकलाई औधी खुशी बनायो । त्यतीमात्रै होइन उक्त वनको जीप सफारीमा कतै मृग, चित्तलका बथान, कतै मयूर खेलिरहेका, थरीथरिका चराचुरुङ्गी र उनीहरुका चिरविर आवाजले मन फुरुङ्ग बनायो ।
भिडिओ:
https://www.facebook.com/samriddhisanchar/videos/660986630050273
मृग चित्तलका ठूलाठूला बथान हुनु भनेको दुर्लभ पाटे बाघको पनि महत्वपूर्ण वासस्थान बनेको प्रमाणित हुने बुढी राप्ती उपभोक्ता समितिका अध्यक्ष हिराबहादुर गुरुङ बताउनुहुन्छ । पाटे बाघ देखिने पनि गरेको उहाँले बताउनुभयो । हात्तीका बथान पनि यहाँ छन् ।
पछिल्लो समय कुमरोजमा वन्यजन्तुहरुको वासस्थान संरक्षण भएपछि यहाँ बाघ, गैंडा, हात्ती, चित्तल, भालु, चराचुरुंगीलगायतको उपस्थिति बाक्लो देखिन थालेको छ । जसका कारण पर्यटकहरु हात्ती तथा जीप सफारी गरी वन्यजन्तु अवलोकनमा लोभिने गरेका छन् ।
कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष राजु सिलवाल स्थानीयको अरोरात्र प्रयासले कुमरोज मध्यवर्ती सामुदायिक वन यो अवस्थामा अइपुगेको बताउनुहुन्छ ।
हरेक वर्ष यहाँ घाँसेमैदान, तता लतलैया संक्षण, पानी नभएको पाउँमा पानी पठाउने तथा बढी भएको ठाउँबाट निकाल्ने गरेर वन्यजन्तुको उपयुक्त वासस्थान निर्माण गरिएको छ ।
बुढी राप्ती उपभोक्ता समितिका सचिव इश्वरी पाठक पछिल्लो समयमा सौराहामा आएका पर्यटक यहाँ गैंडा लगायत वन्यजन्तुको वासस्थान वृद्धि भएकाले अवलोकनका लागि आउने गरेका बताउनुहुन्छ।
हात्ती तथा जीप सफारी र पैदलवाक गरेर यहाँ अवलोकन गर्न सकिन्छ । खैरहनी नगरपालिका वडा नम्बर १२ का अध्यक्ष केदार पन्त कुमरोज पूर्वी चितवनकै गहना भएको र यहाँका वन्यजन्तु संरक्षणका लागि स्थानीय सरकारको पनि विशेष ध्यान रहने बताउनुहुन्छ ।




