रत्ननगर । नसर्ने रोगहरुको परिचय, भार तथा जोखिम तत्वहरुको अवस्थाका विषयमा रत्ननगर नगरपालिका वडा नम्बर १५ का स्थानीयहरुलाई जानकारी दिन भोलि अभिमुखीकरण कार्यक्रम गर्न लागिएको छ ।
सो क्रममा नसर्ने रोगहरुबाट बच्ने तथा रोकथामका उपायहरु एवं क्यान्सर रोग र रोकथामसम्बन्धी पनि अभिमुखीकरण गरिने रत्ननगर वडा नम्बर १५ का अध्यक्ष आसिक तामाङले जानकारी दिनुभयो । उक्त कार्यक्रम भोलि वैशाख १९ गते आयोजना गरिँदै छ।
जारी सूचनामा भनिएको छ, ‘जनस्वास्थ्य कार्यालय, भरतपुर, चितवनको आयोजना एवं रत्ननगर नगरपालिका १५ नम्बर वडा कार्यालयको समन्वयमा नसर्ने रोगहरुको परिचय, भार तथा जोखिम तत्वहरुको अवस्था (मधुमेह, मृगौला, मुटु, उच्च रक्तचाप), मोटोपना, स्वास्थ्यकर खानेकुरा र जिवन शैली, सुर्तीजन्य पदार्थ तथा मदिरा, मध्यपान जोखिमहरु, नसर्ने रोगहरुबाट बच्ने तथा रोकथामका उपायहरु एवं क्यान्सर रोग र रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम तपसिलको मिति, समय र स्थानमा आयोजना हुन गई रहेको हुदाँ, उक्त कार्यक्रममा त्यस टोल विकास संस्थाबाट ५।५ जना सहभागी पठाई दिनुहुन अनुरोध गरिन्छ।’
