काठमाडौँ, १ वैशाख : गएको एक वर्षमा विपत्जन्य घटनामा ७४५ जनाको ज्यान गएको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा आठ हजार ८६१ वटा विपत्का घटना घटेको र ति घटनामा परी ७४५ जनाको मृत्यु भएको हो ।
ति घटनामा परी ६९ जना बेपत्ता भएका र एक हजार ७०२ जना घाइते भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार एक वर्षमा विपत्बाट १८ हजार ९९१ घरपरिवार प्रभावित हुन पुगेका छन् ।
कुल तीन अर्ब १३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।
कुन घटनामा कति मानवीय क्षति ?
सबैभन्दा बढी पहिरोका कारण ३५१ जनाको ज्यान गएको छ । त्यसपछि बाढीबाट ९७, चट्याङबाट ७८ र आलागीबाट ७७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
यस्तै भारी वर्षाका कारण ८, जनावरको आक्रमणबाट ४३, लेक लागेर २४, हवाई दुर्घटनामा २३, सर्पदशंबाट १९ जनाको मृत्यु भएको छ ।
यसैगरी डढेलोबाट १०, हावाहुरीका कारण ७, डुंगा पल्टेर एक र अन्य विविध कारणबाट ७ जनाको मृत्यु भएको छ । पहिरोबाट ४८, बाढीबाट १८ र हिउँ पहिरोमा परेर ३ जना बेपत्ता भएका छन् ।
सबैभन्दा बढी आगलागिका घटना
विपत्जन्य घटनाका संख्या अध्ययन गर्दा सबैभन्दा बढी आगलागीका घटना यस वर्ष भएका छन् ।
विसं २०८१ वैशाख १ गतेदेखि चैत २९ गतेसम्मको तथ्याङ्क अनुसार आगलागिका मात्र चार हजार १४५ वटा घटना भएका छन् ।
त्यसपछि डढेलोका एक हजार १९५ वटा र पहिरोका एक हजार पाँच घटना भएको छ ।
त्यस्तै बाढी ४१८, भारीका वर्षाका ५६८, चट्याङका ४१८, जनावर आक्रमणका ४७७, लेक लागेका १११ वटा घटना भएका छन् ।
यस्तै हवाई दुर्घटनाका २, सर्पदंशका ८४, हावाहुरीका ३४९, डुंगा पल्टेका १, हिउँ पहिरोका ६, भूकम्पका ७४, असिना पानी १ र अन्य ७ वटा विपत्जन्य घटना भएको प्राधिकरणले सार्वसजिक गरेको विवरणमा उल्लेख छ ।