कलाकार पूजा अग्रवाल कलाकी गोल्ड मेडलिष्ट हुनुहु्न्छ । विद्यालय शिक्षा मकवानपुरको हेटौँडामा पूरा गर्नुभएकी कलाकार अग्रवाल दुई दशकदेखि कलाकारितामा सक्रिय हुनुुहुन्छ । कलाको उच्च शिक्षा भारतको राजस्थानबाट लिनु भएकी उहाँ हाल चितवनको नारायणगढमा रहेर कलाकारिता गरिरहनु भएको छ । ‘टुगेदरनेस’ शीर्षकमा बबरमहलमा जारी कला प्रदर्शनीमा सहभागी पाँच महिला कलाकार मध्ये उहाँ एक हुनुहुन्छ । प्रस्तुत छ,उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश :
भिडिओ:
तपाँईको कलायात्रा बारेमा जानकारी दिनुहोस ?
स्कुल टाइमदेखि भनौँ, कक्षा तीनबाट नै आर्ट सुरु गरेको र त्यो बेला फस्ट प्राइज पाएको थिएँ । धेरै राम्रो स्याबासी पाएँ । त्यसपछि पनि राम्रो रेस्पोन्स भएकाले कला सिर्जनामा लागि परेकी र अहिले दुई दशक भइसक्यो । कलाकार भएर कोही पनि जन्मँदैन तर भगवानले नै मलाई तिमी यो फिल्डमा जाउ भनेर चयन गरेको जस्तो लाग्छ । हालसम्म जति कला सिर्जना भयो, त्यसमा पोजेटिभ प्रतिकृया नै पाएकी छु । त्यही कारणले मैले सिर्जना छाड्न सकेको छैन् ।
तपाँई कला क्षेत्रको गोल्ड मेडलिष्ट, अनुभव कस्तो रहयो ?
धन्यावाद रिकल गराइदिनु भएकोमा । आर्ट फिल्डमा आएर स्वर्ण पदक पाउनु भनेको कलाकारिताको लागि धेरै ठूलो प्रगति हो । आर्ट फिल्ड जति चुनौतीपूर्ण छ त्यति नै यो धेरै गहिरो छ । यो एउटा विश्व हो, जति डुब्दै जान्छौँ त्यो पुगिराखेकै हुन्न । एउटा कलाकारको हैसियतमा भन्नुपर्दा जति सिक्दै गएकी छु, उति नै सिक्नु पर्ने देखेकी छु ।
अहिले नेपाल कला परिषदमा जारी कला प्रदर्शनीमा तपाँईको कस्ता कलाकृति देख्न सकिन्छ ?
यहाँको आर्ट वर्कमा चाहिँ मैले बनाएको कलाको केही सिरिजहरु देख्न सकिन्छ । म नेचर लभर भएकाले नेचरमा जोडिइरहन मनपर्छ । त्यही टाइटलमा आर्ट बनाएकी छु । जसको टाइटल छ ‘रिदम अन सनलाइट’ । जस्तो नेचरमा पनि आफैँ एउटा कला लुकेको हुन्छ । कला भनेको नेचरबाटै सुरु भएको हो । मलाई ‘सेल्फ इम्याजिनेसन इन दि कन्टेम्पोरेरी’ आर्ट सिर्जन गर्न मन पर्छ । केही ‘कन्टेम्पोरेरी आर्ट सो–केस’ गरेकी छु । अर्को हामी हिन्दु धर्म मान्ने भएकाले भगवानका बारेमा थुप्रै इम्याजिनेसन गरेकी छु । त्यसमै ‘सेल्फ इम्याजिनेसन क्रियसन अफ गड’को पनि वर्क ‘सो’ गरेकी छु ।
तपाईंको आर्टबाट कला पारखीले के सिक्नुहुन्छ?
तपाईं जति आर्ट फिल्डमा घुस्नुहुन्छ, तपाईले त्यति नयाँ सिक्नुहु्न्छ, यो चाहिँ म भन्न चाहन्छु । कला पारखीले मेरो आर्टमा नयाँपन देखिएको छ भनेर प्रतिक्रिया दिइरहनुभएको छ । दिमागबाट आएर मेरो हातबाट क्यानभासमा उत्रिएको छ ।हामी जो फाइभ वुमनले सो गरेका छौँ । अरु आर्टिष्टहरुको कला पनि धेरै राम्रो लाग्यो । त्यसबाट पनि मैले सिक्दैछु । कला हेर्ने आर्ट लभर, भिजिटरको पनि हेर्ने नजर फरकफरक हुँदो रहेछ । कसैले कलर मन पराउँछन्, कसैले स्टोरी मन पराउँछन् । कलाको बारेमा जान्न खोज्नेहरुलाई मनले जानकारी दिन्छौँ । राम्रो छ भन्नेहरुलाई धन्यवाद दिन्छौँ ।
तपाईं महिला कलाकार त्यसमाथि मोफसलमा बसेर कला सिर्जना गरिरनुभएको छ, कस्ता चुतौती फिल गर्नुभएको छ?
महिला भएर आर्ट फिल्डमा समय दिनु धेरै गाह्रो रहेछ । कलालाई अझै नर्मल्ली लिने गरेको पाएँ तर यो समयसम्म एक्सपिरियन्स गर्दागर्दै यहाँसम्म आइपुगेका छौँ । त्यो कलाको कदर पाउँदा खुसी लाग्छ । तर त्यो कलाको क्षेत्र पाउनु, त्यसमा आएर उभिदिनु र त्यो क्षेत्रलाई समातेर बस्नु चाहिँ गाह्रो छ । अझ बाहिरबाट आउँदा ‘वर्क क्यारी अन’ गर्दा झनै चुनौती छ । यहाँ प्रदर्शनी गरेर ब्रेक लियो भने राम्रो हुन्न । नयाँ गर्न कला क्षेत्रमा जोडिरहनुपर्छ, त्यो नै च्यालेन्जिङ प्वाइन्ट हो हाम्रा लागि ।
अन्तिममा केही थप भन्नुपर्ने कुराहरु छन्?
मेरा सिनियर आर्टिष्टहरुले आफ्नो वर्क गर्नुभयो र उहाँहरुसँग जोडिएर कला देखाउने मौका पाएँ, त्यसका लागि उहाँहरु सबैलाई धेरै धन्यवाद दिन चाहन्छु । उहाँहरुको काम धेरै राम्रो छ र धेरै कुरा सिक्न पाएकी छु । कला कम्पेयर गर्ने कुरा आएन, हरेक कलाकारको आफ्नो दिमागले गर्ने काम हु्न्छ । त्यो हामीले सो गरेका छौँ । आगामी दिनमा पनि यसरी नै जोडिएर निरन्तरता दिने चाहना छ ।
अर्को भिडिओ:
https://www.facebook.com/samriddhisanchar/videos/559543233293827