काठमाडौँ, २४ चैत : काठमाडौँमा बबरमहलमा आज कलापारखीहरु कलासँगै संगीतमा रमाएका छन् ।
नेपाल कला परिषदमा जारी पाँच जना महिला कलाकाररुको कला प्रदर्शनीमा आज गायक, गायिकाहरुले आफ्नो सांगीतिक प्रस्तुति दिँदा कला हेर्न आएका दर्शक गीतसंगीतमा रमाएका हुन् ।
चित्रकार तथा कवयित्रीसमेत रहनुभएकी गायिका कृति शाह चन्दले दुई वटा गीत प्रस्तुत गर्नुभयो । कार्यक्रममा सुरशाला म्युजिक एकेडमीबाटै कलाकारहरु सहभागि हुनु भएको थियो । उहाँले स्वर सम्राट नारायण गोपालले गाउनु भएको ए कान्छा …र हिन्दी गीत एक प्यारका नग्मा हे…प्रस्तुत गर्नुभयो ।
अर्का गायक अमृत क्षेत्रीले तारादेवीको उकाली ओरालीहरुमा र नारायणगोपालकै यति चोखो यति मिठो… बोलको गीत गाउनुभयो ।
कृति शाह चन्द
https://www.facebook.com/samriddhisanchar/videos/487021987709423
अर्का गायक आयुष केसीले आफ्नै गीत नसकुँला तिमीलाई फूलले सजाउन…र नारायण गोपालकै एउटा मान्छेको मायाले…बोलको गीत गाउनुभयो ।
कार्यक्रममा बरिष्ठ चित्रकार गोविन्द डंगोलले कला हेर्न आउँदा गीतसंगीतको स्वादसमेत लिन पाउँदा हर्ष व्यक्त गर्नुभयो ।
उहाँले संगीत भनेको मानव जातिको लागिमात्र हैन जनावर र बोटविरुवाका लागि पनि अति महत्वपूर्ण रहेको सुनाउनुभयो ।
अमृत क्षेत्री
https://www.facebook.com/samriddhisanchar/videos/975584404724917
चित्रकार कृति शाह चन्द बहुमुखी प्रतिभाको धनी भएको उल्लेख गर्नुभयो । उहाँले भर्खरै कविता संग्रह समिश्रण प्रकासित गर्नु भएको र आज मिठो गीत सुन्न पाएकोमा बधाई दिनुभयो ।
बबरमहलमा अहिले पाँच जना महिला कलाकारहरु कृति शाह चन्द, सगुन शाह सिंह, सन्ध्या सिंह महर्जन, पूजा अग्रवाल र कीपा राणाका कलाकृतिहरुको प्रदर्शनी भइरहेको छ ।
प्रदर्शनीमा दैनिक पाँचसयभन्दा बढीले अवलोकन गरिरहेका आयोजक ललितकला गुठीका संस्थापक उत्तम डंगोलले जानकारी दिनुभयो ।
उहाँका अनुसार कला प्रदर्शनी भोलिसम्म चल्नेछ । प्रदर्शनीमा रहेका कलाकृतिमा परम्परागत, लोककला, समसामयिक तथा अमूर्त कलालाई क्यानभासमा प्रस्तुत गर्नु भएको छ ।
आयुष केसी
https://www.facebook.com/samriddhisanchar/videos/649566647794377