दुई वटा एकल चित्रकला प्रदर्शनी गर्नुभएकी चित्रकार कृति शाह चन्दले झण्डै एक दर्जन सामुहिक कला प्रदर्शनीमा सहभागिता जनाउनुभएको छ । ललितकला क्याम्पसबाट बिएफए (ब्याचलर इन फाइन आर्टस्) गर्नुभएको छ । रेनेशा आर्ट ग्यालरीमा र दिल्लीमा पनि कला सिर्जनाको अभ्यास÷अध्ययन गर्नुभएकी शाह अहिले पनि कला सिर्जनामै सक्रिय हुनुहुन्छ । उहाँ साहित्य र सङ्गीतमा पनि रुचि राख्नुहुन्छ। मूर्त तथा अमूर्त दुवै विधामा कूची चलाइरहनु भएकी उहाँ सन् १९९० देखि नै सक्रिय हुनुहुन्छ । चैत २३ गते नेपाल कला परिषद्मा उहाँसहित पाँच जना महिला कलाकारका र्सिजना हेर्न पाइछ । प्रस्तुत छ, उक्त प्रदर्शनी र उहाँको कलासम्बन्धी समृद्धिखबरले गरेको कुराकानी :
भिडियो:
कहिलेदेखि कला सिर्जना गर्न थाल्नु भयो?
मैले कला सिर्जना गर्न लागेको ३० वर्ष भयो । सानोमा भने गर्ने थिइन, ललितकलामा पढ्न थालेपछि सुरु गरेको हो ।
कस्ता खालका सिर्जनामा तपाईंको रुची छ?
म चाहिँ अमूर्त र मूर्त दुबै विधा अपनाउँछु । तर मलाई मूर्त रियलिष्टिक नै मन पर्छ । कलेजमा रियलिष्टिक सिकाइन्छ, अमूर्त कला सिकाईंदैन । पछि सिर्जना गर्दै जाँदा अमूर्त कला झल्किँदै जान्छ ।
यहाँको कला यात्राका बारेमा जानकारी दिनुहोस् न?
मैले आजभन्दा ३० वर्ष अघि ललितकला क्याम्पसबाट बिएफए (ब्याचलर इन फाइन आर्टस) गर्नुभएको छ । रेनेशा आर्ट ग्यालरीमा र दिल्लीमा पनि कला सिर्जनाको अभ्यास÷अध्ययन गरेँ। जति आफूले सिर्जन गरे पनि आफ्नो कलामा सिक्नुपर्ने हुँदो रहेछ । कलाकारिता अटोमेटिकल्ली हुन्न, दशकाँै लाग्छ ।
‘टुगेदरनेस’शीर्षकमा हुन लागेको संयुक्त कला प्रदर्शनीमा को–को हुनुहुन्छ?
‘टुगेदरनेस’ शीषकको कला प्रदर्शनीको आयोजक स्मृति कर्माचार्य हुनुहुन्छ, उहाँलाई धन्यवाद छ । यहाँ हामी ५ जना कलाकारको कला प्रदर्शनी हुन्दै छ । यहाँ मेरो साथी सन्ध्या महर्जन, मेरो बहिनी कीपा राणा, मेरो बहिनी सगुन शाह सिंह र पूजा अग्रवाल हुनुहुन्छ ।
प्रदर्शनीमा तपाईंका कस्ता सिर्जना छ, के सन्देश दिन्छ?
हामी समुहमा पनि एकता भएर बस्नुपर्छ । विविधतामा पनि एकरुपता ल्याउनुपर्छ भन्ने मेरो सन्देश पनि हो । मैले २ वटा परेवा बनाएको छु । नेपाललगायत विश्वभरी नै शान्ति होस् भन्ने मेरो चाहना हो । बुद्धको सन्देश अझै लिन सकिएको छैन । घरघरमै समसया छ । संयोग के भने हामी सबैले भगवान नै बनाए छौँ । सल्लाह गरेका होइनौँ । सन्ध्या, कीपा, सगुन र पूजाले नै भगवान बनाएको रैछ । मैले चाहिँ भगवान बनाएको छैन तर भगवानलाई पूजा गर्ने घण्टी भगवान बस्ने स्तुपा, अनि भगवानले दिन खोजेको अहिलेको समयको सन्देश शान्ति भनेर पिस बनाएको छु एउटा पेन्टिङ । यस्तो कोलाहलमा हामी सबैलाई शान्ति नै चाहिन्छ । हामी जतिसुकै सम्पन्न भए पनि पिस अफ माइन्ड छैन भने केही पनि अर्थ लाग्दैन ।
अर्को भिडियो :
https://www.facebook.com/samriddhisanchar/videos/1099690495518706