धोबीघाटकी सन्ध्या सिंह महर्जन तीन दशकदेखि चित्रकारितामा लाग्नुभएको छ । गोविन्द डंगोलबाट कला सिक्नुभएकी उहाँले सन् २००७ मा एकल कला प्रदर्शनी गर्नुभयो । धेरै सामुहिक कला प्रदर्शनीमा समेत सहभागिता जनाउनुभएकी सन्ध्या नेचरसँग नजिक भएर काम गर्न मन पराउनुहुन्छ । यस्तै डेली लाइफ, संस्कृति, प्रकृति, वृद्धवृद्धाका डेली लाइफका चित्र सिर्जना गर्न मन पराउनुहुन्छ । उहाँ पछिल्लो समयमा भने परम्परागत आर्ट, पौभातर्फ अकर्षित हुनुहुन्छ ।
भिडिओ:
कहिलेदेखि कला सिर्जना गर्न थाल्नुभयो?
तीन दशकदेखि चित्रकारितामा लागिरहेकी छु । गोविन्द डंगोलबाट कला सिकेकी हुँ । सन् २००७ मा एकल कला प्रदर्शनी पनि गरेँ । धेरै सामुहिक कला प्रदर्शनीमा सहभागिता जनाएकी छु । नेचरसँग नजिक भएर काम गर्न मन पराउँछु । यस्तै डेली लाइफल, संस्कृति, प्रकृति, वृद्धवृद्धाका डेली लाइफका चित्र सिर्जना गर्न मन लाग्छ । पछिल्लो समयमा भने परम्परागत आर्ट, पौभातर्फ ध्यान छ ।
कस्ता ठाउँमा कला सिर्जना गर्न मन पर्छ र कस्ता खालका चित्र सिर्जना गर्नुहुन्छ?
मन खुसीले जे मन लाग्छ त्यही गर्छु। प्रकृतिसँग त्यहीँ बसेर, महिनौँ लगाएर पनि कला सिर्जना गरेकी छु । वृद्धवृद्धाहरुसँग बसेर गर्न नसक्दा फोटो खिचेर ल्याएर कला बनाउँछु, बीचमा केही वर्ष विविध कारणले कलामा ध्यान दिन नसके पनि अहिले भने लोक चित्रकारसँग कला सिकिरहेकी छु भने काम पनि गरिरहेकी छु ।
यही चैत २३ गतेदेखि हुने कला प्रदर्शनीमा कस्ता सिर्जना देख्न पाइन्छ?
बबरमहलमा हुने प्रदर्शनीमा मेरो पुरानोदेखि नयाँसम्म कला, नेचर, डेली लाईफदेखि पौभासम्म देख्न सक्नुहुन्छ । मैले सोचेको १० वटा जति राख्छु । हेरम् ठाउँ कस्तो हुन्छ ।
तपाईंका सिर्जनाले दिने सन्देश के छ?
यहाँ मेरो कलाले प्रकृतिलाई माया गर्नुपर्छ । परम्परागत पौभा कलालाई बचाइराख्नुपर्छ भन्ने सन्देश दिन चाहन्छु, मेरो कलाले पनि त्यही सन्देश दिन्छ ।
भिडिओ:
https://www.facebook.com/samriddhisanchar/videos/904694194999903