कलाकार सगुन शाह ‘सिंह’ ‘टुगेदरनेस’ शीर्षकमा यही चैत २३ गतेदेखि हुने महिला कलाकारको सामुहिक कला प्रदर्शनीमा सहभागी ५ कलाकार मध्ये एक हुनुहुन्छ । १० वर्षदेखि कला सिर्जना गरिरहनुभएकी सगुन शाह ‘सिंह’सँग उहाँको कला यात्रा र यो प्रदर्शनीका बारेका कुराकानी गरेका छौँ । प्रस्तुत छ, उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश :
भिडिओ :
यहाँले कहिलेदेखि कला सिर्जना गर्न थाल्नुभयो?
यो मेरो पहिलो प्रदर्शनी हो । हामी पाँच जनाको ‘टुगेदरनेस’ शीर्षकमा हुँदै छ । मैले कला सिर्जना गर्न थालेको १० वर्ष जति भयो । अन एण्ड अफ भइरहेको छ । सन् २०१७ देखि १९ सम्म राम्ररी गइरहेको थियो । मेरोे टिचर, काष्ठमण्डप आर्ट ग्रुपकी प्रमिला बज्राचार्य हुनुहुन्छ । उहाँसँग नै सिकेकी हुँ । फेरि केही समय स्टप भएको थियो । अब फेरि गर्दै छु, यो निरन्तर जारी रहन्छ ।
कस्ता खालका कलाले क्यानभास भर्न मन लाग्छ?
अरु आर्टभन्दा रियलिष्टिक आर्ट मन पर्छ । पेन एण्ड इन्क आर्ट पनि मन पर्छ । अहिले मैले गणेश भगवान बनाएकी छु ।
हालसम्मको यहाँको कला यात्राबारे जानकारी दिनुहोस् न?
यो मेरो पहिलो प्रदर्शनी हो । यसरी सम्झनुहोस् की, मेरो यो एउटा बच्चा हुन्छ, विस्तारै हिंड्छ अनि दगुर्छ भनेर सोचिदिनुहोला भन्न चाहन्छु । मैले, एक्रेलिक र पेन एण्ड इन्कमा काम गरेकी छु, दृष्यचित्र, ह्युमन फिगर, न्यूड आर्ट, डेली लाइफ पनि मन पर्छ । त्यस्ता चित्र सिर्जना गरेकी छु ।
२३ गतेदेखि हुने संयुक्त कला प्रदर्शनीमा तपाईका कस्त सिर्जना छन्?
मैले हिन्दु धर्मको प्रथम पूज्य गणेश भगवान हुनुहुन्छ, उहाँकै सिरिज गरेकी छु, यहाँ त्यही देख्न सकिन्छ । गणेश भगवानको ५,७ वटा सिरिज यो प्रदर्शनीमा देख्न पाइन्छ ।
कला हेर्न आउने कला पारखीले के सन्देश लिन सक्छन्?
हामी हिन्दु भएको नाताले पनि सबैले हिन्दु धर्मको बारेमा जान्नुपर्छ । प्रथम पूज्य गणेश भगवान हो भनेर बुझाउन सक्नुपर्छ भन्ने यो नै मेरो म्यासेज छ । म एउटा आर्टिष्ट हो, मेरो क्यान्भास म्यासेज दिने एउटा माध्याम हो । त्यही बनाएकी छु । मिडियटर नै क्यान्भास हुन्छ । यो बोलेर पनि हुने कुरा होइन । हेरेर नै बुझ्ने कोशिष गर्नुपर्छ । आर्ट मेडिटेसन पनि हो, थेरापी हो । मेरो लागि चाहिं आर्ट एउटा ह्याप्पीनेस हो ।
अर्को भिडिओ :
https://www.facebook.com/samriddhisanchar/videos/671043455400852