१३ वर्षकै उमेरमा १३ अवार्ड पाउने कलाकार कीपा राणा आर्ट टिचर हुनुहुन्छ । सानै उमेर(१३ वर्ष)मै एकल कला प्रदर्शनी र ३,४ वटा संयुक्त कला प्रदर्शनीमा सहभागिता जनाउनुभएकी कलाकार राणा यही २३ गते नेपाल कला परिषदमा ‘टुगेदरनेस’ शीर्षकमा हुने महिला कलाकारको संयुक्त कला प्रदर्शनीमा सहभागी हुनुहुन्छ । त्यो प्रदर्शनी तत्कालीन अधिराजकुमारीबाट उद्घाटन गर्ने अवसर उहाँलाई जुर्यो । उहाँलाई रियलिस्टिकसँगै कुनै बेला एब्स्ट्राक्ट मन पर्यो भने अहिले सेमी एब्स्ट्राक्टसँगै रियलिस्टिक कला सिर्जना गर्न रुची छ । २३ गतेको प्रदर्शनी र कला यात्राबारे समृद्धिखबरले उहासँग कुराकानी गरेको छ । प्रस्तुत छ, उहाँसँग गरिएको कुरकानीको सम्पादित अंश :
भिडिओ यहाँ :
कहिलेदेखि कला सिर्जनामा लाग्नुभयो?
म सानैदेखि कला सिर्जनामा लागेकी हुँ । स्कुलबाटै प्रतियोगिताहरुमा सहभागी भएँ । १३ वर्षको उमेरमा १३ वटा अवार्ड पाएको थिएँ । त्यसपछि आमाले आर्टमा तिमीमा केही छ भनेर भन्नुभयो । त्यही १३ वर्षकै उमेरमा मेरो पहिलो एकल कला प्रदर्शनी भयो । तत्कालीन अधिराजकुमारी स्वर्गीय श्रुति सरकारबाट उद्घाटन भयो,जुन उहाँको दरबार बाहिरको पहिलो कार्यक्रम थियो ।
त्यसपछि सबैको दबाव आयो आर्ट नै पढ्नुपर्छ भनेर । अनि ललिकला पढ्न थालेँ । त्यसपछि ममा धेरै परिवर्तन आयो । बच्चामा जे पनि बनाइन्थो तर पढ्न थालेपछि त्यहाँ कम्पोजिसन हुँदो रहेछ, एउटा पस्पेक्टिभ चाहिँदो रहेछ, व्यालेन्सिङ हुँदो रहेछ, कलर कम्बिनेसन हुने रहेछ भन्ने थाहा पाएपछि भने आर्टप्रति मेरो डर पलायो, नर्मस हुन थालेँ । म पढाइमा राम्रो भएकाले डिग्री हासिल त गरेँ तर आर्ट बनाउन सकिन, आर्ट शिक्षकका रुपमा मात्रै काम गरेँ र यसमै हराएँ ।
अहिले यो उमेरमा आएर चाहिंँ एउटा के महशुस भयो भने मैले यत्रो वर्ष खेर फालेँ जस्तो फिल भएर अब केही गर्नुपर्छ भन्ने लाग्यो । हाम्रो यो ग्रुप एक्जिबिसन मेरो कला क्षेत्रको फेरि नयाँ यात्रा (सुरुवात) हो भन्ने लागेको छ ।
तपाईं त आर्ट शिक्षक, कला कोर्न भ्याउनुभयो की नै, कस्ता कला सिर्जनामा रुची राख्नुहुन्छ ?
आर्ट टिचर भएकाले फिल्डमै छु, हराएको त छैन । धेरैजसो बच्चाहरुसँग घुममिल भएँ तर गर्न त गरिराखेकै छु । पहिलेपहिले त रियलिस्टिक आर्ट गरेँ, त्यसैमा चाख भयो । समय अनुसार च्वाइस पनि परिवर्तन हुँदै गयो र आर्टमा पनि चेन्ज हुँदै गयो । कुनै बेला एब्स्ट्राक्ट मन पर्यो भने अहिले चाहिँ सेमी–एब्स्ट्राक्टसँगै रियलिष्टिक पनि मन पर्छ ।
तपाईंलाई कला प्रदर्शनी र कला यात्राको बारेमा कस्तो अनुभव छ?
खासै धेरै प्रदर्शनीमा सहभागी भएकी छैन । त्यही १३ वर्षकै उमेरमा मेरो पहिलो एकल कला प्रदर्शनी भयो । त्यसपछि ३,४ वटा सामुहिक कला प्रदर्शनीमा सहभागी भएकी छु । ‘टुगेदरनेश’ शीर्षकमा यही चैत २३ गतेदेखि बबरमहलमा हुन लागेको संयुक्त कला प्रदर्शनी मेरो नयाँ सुरुवात हो भन्न चाहन्छु ।
केही दिनमा हुन लागेको प्रदर्शनीमा तपाईंका कस्ता सिर्जना देख्न पाइन्छ?
यो प्रदर्शनीमा विशेष गरी कृति र सन्ध्या दिदीलाई धन्यवाद दिन चाहन्छु । उहाँहरुले मलाइ सम्झनुभयो । उहाँहरुकै कारण म सहभागी हुन पाएँ । यो अवसर नपाएको भए म कीपा म्याम भएरै हराउँथेँ होला । अहिले चाहिँ उमेरले होला मलाई भगवानप्रति विश्वास छ र त्यसैलाई कोर्दा आनन्द लाग्छ । आर्ट गर्दा आनन्द आउने भएकाले भगवान शिवलाई सिर्जजना गरेकी छु । यो सुरुवात हो यसमा निरन्तरता दिन्छु, स्टप हुनेवाला छैन ।
यो प्रदर्शनीमा कला पारखीले तपाईंको सिर्जनाबाट के सन्देश लिन सक्छन्?
हुन त धेरै खालका कला पारखी हुनुहुन्छ । हामी ५ जना कलाकारका पनि आआफ्नै स्टाइल छ तर पनि मेरो कलाले भगवान भन्ने वित्तिकै आस्था, हामी कहीँ जाँदा मन्दिर पुग्यौँ भने इग्नोर गर्न सक्दैनौँ नी, त्यस्तै यहाँ प्रदर्शन हुने मेरो कलाले शक्ति प्राप्त हुन्छ, मेडिटेसन, शान्तिको सन्देश प्राप्त गर्न सकिन्छ । अहिलेको परिस्थिति अनुसार मान्छेलाई शान्ति चाहिएको छ, हामी कलाकाले क्यान्भासबाट दिने नै त्यही हो ।
अर्को भिडिओ :
https://www.facebook.com/samriddhisanchar/videos/663740686605879