कालिका : कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले यहाँको सिद्धि तीन दोभानदेखि कालिका ११ नं वडा कर्यालयसम्म पहुँच सडक शिलान्यास गरेका छन्।
कालिका नगरपलिका अन्तर्गत कालोपत्रे सडकबाट नजोडिएको एक मात्र ११ नम्बर वडा कर्यालयलाई पक्की सडकबाट जोड्न संघीय समपुरक अनुदानअन्तर्गत संघीय सरकारबाट १ करोड ९० लाख र कालिका नगरपालिकाबाट १ करोड ९० लाख गरी ३ करोड ८० लाख बजेटबाट सिद्धि तीनदोभान देखि कालिका ११ नम्बर वडा कर्यालयसम्म जाने कालोपत्रे सडक नगरप्रमुख रेग्मीले शिलान्यास गरेका हुन्।
कालिका नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट विनियोजन भएकोमा उक्त योजना कर्यान्वयनका लागि ४ करोड १५ लाखको लागत अनुमान स्वीकृत गरी ठेक्का आव्हान गर्दा फर्म श्री शक्ति शिव जिआरम जेभिले २ करोड ८८ लाख ८५ हजारमा ठेक्का पारी सडक कालोपत्रेको सुरुवात गरेको छ।
सडक निर्माण साथै पक्की आरसी नाला २ हजार ८ सय मिटर निर्माण हुने नगरप्रमुख रेग्मीले बताए। उक्त ठेक्का २०८२ साल असार १५ गतेसम्म सक्ने गरी निर्माण व्यवसायीसँग सम्झौता भएको नगरप्रमुख रेग्मीले जानकारी दिए।
उक्त सडक निर्माण सम्पन्न हुँदा १७ सय मिटर कलोपत्रे, २ सय २३ मिटर ढलान सडक गरी ११ नंम्बर वडा कर्यालयसम्म जोडिने छ। साथै, ११ नम्बर वडा कर्यालयबाट रन्तेस बजारसम्म उच्चस्तरीय १ हजार १ सय मिटर सडक पनि निर्माण कालिकाका ईन्जिनियर किशोर कोइरालाले जानकारी दिए।
शिलान्यास कार्यक्रममा नगर उपप्रमुख विमला तामाङ, पूर्वाधार विकास समितिका संयोजक लक्ष्मण पौडेल, कालिका वडा नम्बर १० का वडा अध्यक्ष नरजंग प्रजा, ११ का वडा अध्यक्ष कृष्णबहादुर प्रजा, योजना अधिकृत शिवप्रसाद पोखरेल, नगरका सव ईन्जिनियर सुदीप भट्टराईलगायत राजनीतिक दलहरुको सहभागिता रहेको थियो।
