काठमाडौँ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागको आयोजनामा मङ्गलवार बङ्गलादेशी कलाकार शिमुल साहसँग ललितकला संवाद कार्यक्रम आयोजना गरिएको छ ।
उक्त कार्यक्रममा कलाकार साहले आफूले गरेका चित्र सिर्जनाका बारेमा उपस्थित कला सर्जक तथा पत्रकारहरुलाई जानकारी गराएका छन् । उनले आफूले गर्ने काम र कला विधाका बारेमा चित्रसहित प्रस्तुति पनि दिएका थिए।
उनका बारेमा विभागकी प्रमुख सौरगंगा दर्शनधारीले जानकारी गराएकी थिइन् । उनले आफूले चिनेको बेलामाभन्दा कला यात्रा निक्कै फरक पाएको बताउँदै साहले कलामा ठूलो सफलता प्राप्त गरिसकेको पाएको बताइन्।
बंगलादेशको राजधानी ढाकामा बस्ने शिमुल साहा (१९८३) एक समकालीन दृश्य कलाकार हुन् । साहको अभ्यास अनुसन्धान र प्रयोगमा आधारित छ। उनको सिर्जना परिवेशको प्राकृतिक, सामाजिक, जैविक, मनोवैज्ञानिक र राजनीतिक मुद्दाहरूसँग सम्बन्धित हुन्छ ।
शिमुल साहका बारेमा जानकारी गराउँदै साैरगंगा दर्शनधारी :
https://www.facebook.com/samriddhisanchar/videos/557027453623253
कलाकारसँगै शिमुलले प्रदर्शनी क्युरेटरको काम समेत गर्छन्। पछिल्लो समयमा उनले चोबिमेला र ढाका आर्ट समिटमा सहायक क्युरेटरका रूपमा काम गरे। उनी पाठशाला साउथ एसियन मिडिया इन्स्टिच्युटमा पढाउँछन् पनि।
उनले स्वदेश र विदेशमा आफ्ना कृतिहरू प्रदर्शन गरेका छन्। उनकै काठमाडौँको सिद्धार्थ आर्ट ग्यालरीमा कला प्रदर्शन हुन लागेको जनाइएको छ ।
प्रस्तुति दिँदै बङ्गलादेशी कलाकार शिमुल साह :
https://www.facebook.com/samriddhisanchar/videos/2367442540271657