काठमाडौँ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा लालित्य कला प्रदर्शनी सुरु भएको छ । लालित्या कला जागरणको आयोजनामा सुरु भएको पसहलो कला प्रदर्शनी यही कात्तिक २८ देखि ३० गतेसम्म जारी रहने आयोजक प्रतिनिधि सुष्मा श्रेष्ठले जानकारी दिनुभयो ।
यस प्रदर्शनीमा विभिन्न चित्रकला र मूर्तिकलाहरु प्रदर्शनमा राखिएका छन्।प्रदर्शनीमा कलाकारहरु आर्या राजभण्डारी, रवीना बज्राचार्य, चाँदनी बज्राचार्य, श्रुतकृति नकर्मी, उषिना महर्जन, मिलन थापा, दिल्ली कृष्ण आले, रेनका महर्जन, ऑनमेश सिंह, श्रेया हाडा श्रेष्ठ, राखी कर्ण, सुभद्रि शुभा, प्रतिभा पोखरे, मङ्गली रुक्साना महर्जन, ज्योति खड्का, सुरेम देशार, उष्णता श्रेष्ठको सहभागिता रहेको छ ।
प्रदर्शनीमा भारतबाट मडी अम्ब्रश शाहको कला पनि प्रदर्शनीमा रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
प्रदर्शनीको अग्रज कलाकार राधेश्याम मूल्मीले उद्घाटन गनुएभएको थियो ।

यस्तै उद्घाटन समारोहमा कलाकारहरूमा नेपालबाट नेमबहादुर तामाङ, गौतम रत्न तुलाधर र छेरिङ फुन्जो शेर्पा तथा भारतबाट गौरव दास तथा डाबी शेखरको पनि सहभागिता रहेको थियो ।
प्रदर्शनीको आयोजना लालित्या कला जागरणका अध्यक्ष सुष्मा श्रेष्ठको नेतृत्वमा भएको हो। सहभागी कलाकारहरुले हरेक कलाकारको सिर्जना र कलाबारे चर्चा गर्नुभएको थियो ।

