काठमाडौँ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति, पूर्वकुलपतिलगायत अग्रज कलाकारहरुले कला विकासका अभियन्ता कलाकार राकेशचन्द्र श्रेष्ठको निधनले ललितकला क्षेत्रकै लागि अपुरणीय क्षति भएको बताउनुभएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा आज श्रेष्ठको १३औँ दिनको पुण्यतिथिका सन्दर्भमा आयोजित श्रद्धाञ्जलिसभाका क्रममा उहाँहरुले ललितकला क्षेत्रका असल कलाकार गुमाउन पुगेकोमा दुख व्यक्त गर्नुभयो ।
https://www.facebook.com/samriddhisanchar/videos/1098751665588625
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उहाँको योगदानकोसम्मानका लागि प्रतिष्ठानबाट के गर्न सकिन्छ आफूहरु तयार रहेको बताउनुभयो ।
ललितकलाका अग्रज कलाकार, शनिवारीय प्रत्यक्ष कला कार्यशालाका संस्थापक कार्यकारी प्रमुख राकेशचन्द्र श्रेष्ठको मस्तिष्कघातका कारण ५७ वर्षको उमेरमा यही कात्तिक १५ गते बिहीवार काठमाडौँमा निधन भएको थियो ।
उहाँको जन्म विसं २०२४ सालमा भएको थियो । उहाँ मुख्यगरी शनिवारीय कला कार्यशाला अभियानका अभयन्ता हुनुहुन्थ्यो । सो क्रममा प्रतिष्ठानका पूर्वकुलपति कान्छाकुमार कर्माचार्यले कुनै पनि जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने आँटिलो कलाकारका रुमपा आफूले चिनेको स्मरण गर्नुभयो । उहाँका कला अभियानका इच्छा पूरा गर्न सकियो भने त्यही नै सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।
https://www.facebook.com/samriddhisanchar/videos/1541113936384298
आज भएको श्रद्धाञ्जलिसभामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, शनिवारीय चित्रकला कार्यशाला अभियान, राष्ट्रिय ललितकला सङ्घ, अखिल नेपाल ललितकला सङ्घ, आर्ट नेपाल, साइकल कल्चर कम्युनिटी, न्यूरो आर्ट नेपाल, अल्कोहल इन्क आर्ट कम्युनिटी नेपालको आयोजनामा भएको श्रद्धाञ्जलि सभामा ललितकला क्षेत्रका प्रतिनिधि तथा कलाकारहरूको उपस्थिति रहेको थियो ।
उहाँसँग पटकपटक सहकार्य गर्दै कला अभियानमा जोडिनुभएका कलाकार दिपेन्द्रमान बनेपालीले पछिल्लोसमयमा उहाँ अल्कोहलिक आर्टमा समेत सक्रिय हुनुभएको थियो । यसका साथै उहाँ न्यूरो आर्ट सर्कलमा समेत सहभागी भएर मानसिक अपाङ्गता भएकाहरुका लागि योगदान पुर्याउँदै आउनुभएको बनेपालीले बताउनुभयो ।
उहाँका सहकर्मी एवं शनिवारीय प्रत्यक्ष कला कार्यशाला अभियानका अर्का अभियन्ता कलाकार दिवेश प्रधानले भन्नुभयो, “नेपाली ललितकला क्षेत्रको एक कर्मशील कलाकारको अवसान भएको छ, उहाँ सधैँ संघर्षरत इमान्दारपूर्वक काममा लाग्ने, जुन काममा पनि डेडिकेटेड हुने मान्छे हुनुहुन्थ्यो ।”
https://www.facebook.com/samriddhisanchar/videos/877267247518683
उहाँले एक असल अभिभावक गुमाएको जानकारी गराउँदै उहाँको संकल्प पुरा गरी कला अभियानलाई निरन्तर अघि बढाउने बताउनुभयो । कलाकार प्रधानले नवआगन्तुक कलाकारलाई प्रोत्साहन गर्ने श्रेष्ठको सम्झनामा राकेशचन्द्र श्रेष्ठ शनिवारीय कला कार्यशाला अभियान थाल्ने घोषणा गर्नुभएको छ । उहाँका कलाकृति समेटेर कला प्रदर्शनी पनि आयोजना गर्ने उहाँले बताउनुभयो ।
उहाँको कला योगदानबारे प्रतिष्ठानका प्राज्ञपरिषद सदस्य सौरगङ्गा दर्शनधारी, सञ्जय वास्तवा, प्रतिष्ठानका पूर्वसदस्य सचिव विपिन घिमिरे, वर्तमान सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीलगायतले स्मरण गर्नुभएको थियो ।
तस्वीरहरू





