चितवन । चितवनको माडी घर भई हाल अष्ट्रियामा बसोबार गर्ने माया मुलर र उहाँका श्रीमान इलमर मुलर नेपालका गरिब, जेहेन्दार र असहायका सारथी बनिरहनुभएको छ ।
उहाँहरु अष्ट्रियामा बसेर संघर्ष गर्नुहुन्छ । त्यहाँबाट आएको कमाइबाट नेपालमा सहयोग गर्नुहुन्छ । मायाले मःम र समोसो बेचेर कमाएको पैसाले नेपालका बालबालिका तथा सहयोग गर्नैपर्ने व्यक्तिहरुलाई सहयोग गर्दै आउनुभएको छ ।
यसपाली पनि उहाँहरुले रत्ननगरमा रहेको गामबेंसी चेपाङ संरक्षणकेन्द्रमा आश्रित बालबालिका र सौराहामा रहेको ग्रीन सोसाइटी स्कुलको होस्टेलमा बसेका बालिकाहरुका लागि लाखौँको सहयोग गर्नुभएको छ ।

गामवेसी चेपाङ संरक्षण केन्द्रमा ९० हजार बराबरको सहयोग गनुृभएको छ, उक्त होस्टेलमा ४० हजार बराबरको खाद्याह्न सहयो गर्नुभएको सौराहाको होटल पार्क साइडका सञ्चालक, पर्यटन व्यवसायी एवं समाजसेवी श्रीलाल परियारले जानकारी दिनुभयो ।
तिहारको मुखमा चेपाङ बालबालिकाले तिहार खुसीले मनाउन पाउन् भनेर माया मुलरले चेपाङ केन्द्रमा ४० बोर चामल, २ बोरा प्याज, २ बोला आलु, २ बोरा नुनलगायत खाद्याह्न हस्तान्तरण गर्नुभयो ।
यस्तै ग्रीन सोसाइटी स्कुलको होस्टलमा बसेका बालबालिकाका लागि ४० हजार बढीको २० रोरा चामल, एक बोरा नुन, दुई बोरा दाललगायत सहयोग गर्नुभएको समाजसेवी परियारले जानकारी दिनुभयो ।

उहाँहरुले विगत एक दशकदेखि यो क्रम जारी राख्नुभएको छ। विगतमा विसं २०७२ सालको भूकम्पका समय अघि देखिनै यसरी सहयोग गर्दै आउनुभएको छ । उहाँको यो प्रयासले धेरै बालबलिकाहरुलाई राहत पुगेको छ । उहाँहरुले ‘धन्यवाद नेपाल हिल्फे’ नामको सामाजिक संस्थामार्फत यसरी सहयोग उपलब्ध गराउनुहुन्छ ।
माया मुलर र उहाँका श्रीमान इलमर मुलर यसरी नेपालमा सहयोग गर्न पाउँदै गर्वको महसुस हुने सुनाउनुहुन्छ । उहाँहरु नेपाल आएका वेला आफैँ बस्तीमा पुगेर समेत सहयोग दिने गर्नुभएको छ ।
अष्ट्रियामा खाना तथा मःम र समोसा बेचेर जम्मा पारेको पैसा यसरी सामाजिक क्षेत्रमा र विपन्न बालबालिकाका लागि उपलब्ध गराएर मानवीय काम गरेकोमा प्रशंसा हुने गरेको छ।
भिडियो
https://www.facebook.com/samriddhisanchar/videos/3810729719191417