कालिका : कालिका नगरपालिको आयोजना आज चितवनको विकासमा सहमति र सहकार्यका लागि जिल्ला भित्र रहेका सबै पालिकाका प्रमुख, उपप्रमुख तथा जिल्ला समन्वय समितिका पदाधिकारीसहितको समन्वय बैठक सम्पन्न नभएको छ।
बैठकले चितवनको विकासका लागि महत्वपूर्ण निर्णय पनि गरेको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो ।
सबै पालिकालाई बोलाएर यसरी जिल्लाकै विकासमा छलफल हुनु ऐतिहासिक भएको सहभागीहरूले बताएका छन्।
उहाँका अनुसार चितवनमा रिङ रोड निर्माण, पर्यटन विकास, फोहोरमैला व्यवस्थापनमा सबै स्थानीय पालिकाहरू बीच समन्वय र सहकार्य गर्ने लगायतमा विषयमा सहमति जुटेको छ । बैठकमा कालिकाका नगर प्रमुख विनोद रेग्मीले उक्त प्रस्ताव पेश गर्नुभएको थियो। प्रस्ताव सर्वसम्मतिले पास भएको छ।
कार्यक्रममा नगरप्रमुख रेग्मीले एउटा पालिकालाई परेको समस्या समाधानमा अर्को पालिकाले सहयोग गर्न तथा समग्र विकासमा हातेमालो गर्न जरुरी रहेको देखेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
सो क्रममा कार्यक्रममा सहभागी चितवनको स्थानीय तहका प्रमखु तथा प्रतिनिधि एवं समन्वय समितिका पदाधिकारीहरूलाई कालिकाका किसानले उत्पादन गरेको चिउरीको महले स्वागत गरिएको थियो ।
बैठकमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समितिका अध्यक्ष नारायण अधिकारीलगायतको उपस्थिति रहेको थियो ।