कुमरोज : कुमरोजमा कंक्रिटको मचार निर्माणका विषयमा कुमरोजका केही व्यक्तिको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न पदाधिकारीसहित जनाविरुद्ध विशोष अदालतमा मुद्दा दायर गरेको थियो। यद्यपि उक्त मुद्दाका आरोपीले सफाइ पाएका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर इलाकामा १६ कोठाको भ्यू टावर निर्माण गर्न दिने क्रममा भ्रष्टाचार भएको भन्ने अभियोग थियो ।
https://www.facebook.com/samriddhisanchar/videos/569174042294859
तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठकसहितमाथि मुद्दा चलाइएको थियो । कुमरोज मध्येवर्ती सामुदायिक वनका अध्यक्ष एवं कङ्क्रिट मचान निर्माण समितिका तत्कालीन अध्यक्ष हिराबहादुर गुरुङविरुद्ध १ करोड १९ लाख ५ हजार ६ सय ३, वन उपभोक्ता समूहका तत्कालीन कोषाध्यक्ष शम्भु जिसी भनिने समरबहादुर घर्तीविरुद्ध ८९ लाख २ हजार ६ सय ६५ रुपैयाँ बराबरको बिगो दावी गरिएको थियो ।
कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका हालका अध्यक्ष गणेशकुमार श्रेष्ठ र कोषाध्यक्ष उज्ज्वल बर्तौलाविरुद्ध १३ लाख ३१ हजार २ सय १७ रुपैयाँ बराबरको बिगो माग दावी गरिएको थियो।
आयोगले बुढी राप्ती उपभोक्ता समितिका तत्कालीन अध्यक्ष नारायणदत्त तिमिल्सिना र कोषाध्यक्ष सोमराज कडरियाविरुद्ध ७८ हजार रुपैयाँ र कङ्क्रिट मचान उपभोक्ता समितिका कोषाध्यक्ष ठण्डाकुमारी दाहाल र सचिव कल्याण लटौलाविरुद्ध ३५ लाख ५० हजार ९ सय ५२ रुपैयाँ बराबरको बिगो दावी गर्दै मुद्दा दायर भएको थियो ।
तर सबैले सफाइ पाइसकेका छन्। हाल गुरुङ बुढीराप्ती उपभोक्ता समितिका अध्यक्ष हुनुहुन्छ । समग्र कुमरोजको संरक्षण र मुद्दाका विषयमा समृद्धिखबरले उहाँसँग कुराकानी गरेको छ।
यो भिडियो कुराकानी सुन्नुहोला