काठमाडौँ : चीनको उत्तरपूर्वी प्रान्त लावोनिंगमा अवस्थित पर्यटकीय शहर पान्जीनमा यही सेप्टेम्बर १९ २३ तारिख सम्म नेपाली बृहत कला प्रदर्शनी हुने भएको छ।
पान्जीन जिंगलोंगती डिस्ट्रिक गभरमेन्ट र अन्तरराष्ट्रिय जलरंग समाज (आईडब्लुएस) नेपालको संयुक्त आयोजना एवं लिओही आर्ट म्युजियमको सहआयोजनामा कला प्रदशर्शनी हुन लागेको हो ।
उक्त कार्यक्रममा नेपालका २८ जना बरिष्ठ तथा युवा कलाकारका १०० भन्दा बढी कलाकृति प्रदर्शनीमा राखिने समाजका अध्यक्ष एनबी गुरुङले जानकारी दिनुभयो ।
नेपाली र चिनिया कलाकारहरुको संम्बन्धलाई अझ मझबुद बनाउने र भविश्यमा दुई देशबीचको कलालाई निरन्तर आदनप्रदान गर्ने हेतुले उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन्।
५ दिनसम्म आयोजना हुने उक्त कला प्रदर्शनीमा नेपाली जनजीवन, सँस्कृति र प्राकृतिक सौन्दर्यसॅग सम्बन्धित कलाकृतिको प्रदर्शनी गरिनुका साथै कलाका विविध गतिविधिहरु समेत समावेश गरिने भएको छ।
पान्जीनको कला र सँस्कृतिकलाई अझ नजिकबाट अवलोकन गर्न अन्तरराष्ट्रिय जलरंग समाज नेपालका अध्यक्ष एनबी गुरुङको नेतृत्वमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका उपकुलपती लालकाजी लामा , समाजका महासचिबव दिपेन्द्रमान बनेपाली, कोषाध्यक्ष भीम श्रेष्ठ , समाजका सदस्यहरु डिबी राई, विनोदकुमार गुप्ता र सुरेश स्याङतान गरी ७ जना कलाकारहरु कार्यक्रममा उपस्थित हुँदैछन्।
आईडब्लुएस नेपालले तय गरेको दीर्घकालीन लक्ष्य अनुरुप “कला र पर्यटन , कलाकार र अन्तरराष्ट्रिय पहिचान भने” नारालाई व्यावहारमा उतार्न उक्त कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष गुरुङले बताउनुभयो ।
यसअघि समाजले आफ्नो स्थापना कालदेखिनै अन्तरराष्ट्रियस्तरका विभिन्न कार्यक्रमहरु भब्यताका साथ सम्पन्न गरिसकेको छ।