काठमाडौँ : नेपालमा तस्करहरुले लागुऔषधको अबैध कारोबारमा विभिन्न फरकफरक तरिका अपनाइरहेका छन् ।
विगतमा गाडीको सिटमुनी, इन्जिन, शरीरका भित्री अङ्गमा बाँधेर, खाएर, मोटरसाइकलको डिकीमा फल्स बटम बनाएर लागूऔषध तस्कर हुँदै आएको थियो । तर यसपाली अली फरक रुमपा लागुऔषत तस्करी भएको प्रहरीले फेला पारेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँका अनुसार खोजतलासका क्रममा प्रहरी टोलीले गाडीको तेल हाल्ने ट्याङ्कीभित्रै फल्स बटम बनाएर ठूलो परिमाणको लागूऔषत तस्करी भएको फेला पारेको हो ।
ब्यूरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले कल्पनै नगरिएको ठाउँ (तेल राख्ने ट्याङ्की)भित्र फल्स बटममा राखेर निक्कै नौलो तरिकाले लागूऔषध तस्करी भएको पाइएको बताउनुभयो । यसरी लागुऔषध (मनोद्विपक पदार्थ)को अवैध कारोबार लामो समयदेखि भइरहेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।
सो क्रममा प्रहरीले नाइट्राभेट ट्याब्लेट १४ हजार २८० तथा डाईजेपाम, बुप्रेनोर्फिन, फेनारगन १ हजार ७८९ एम्पुल सहित २ जना कारोबारीलाई पनि पक्राउ गर्न सफल भएको शाहीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका ६ बौद्ध नयाँबस्तीका २९ वर्षीय विजय परियारलाई नाईट्राभेट ५ हजार २२० ट्याब्लेटसहित पक्राउ गरिएको हो । उनी लामोसमयदेखि यसरी नै लागुऔषध कारोबारमा संलग्न रहेको पाइएको शाहीले बताउनुभयो । यस्तै भारतको रक्सौलका ३७ वर्षीय विरबल महतोलाई बल्खुबाट पक्राउ गरिएको छ ,
उनीहरुको बिआर ०६ पिए २०९० नम्बरको भारतीय गाडी टाटा सुमोको इन्धन राख्ने ट्याङ्कीमा फल्स बटम बनाई लुकाएर राखिएको लागुऔषध (मनोभिपक पदार्थ) नाईट्राजेपाम ९ हजार ०३० ट्याब्लेट तथा डाईजेपाम ६००, बुप्रेनो र्फिन ५९८ र फेनारगन ५९१ एम्पुल बरामद गरिएको छ ।
उनीहरुले यसरी पटकपटक भारतको रक्सौल–काठमाण्डौमा लामो समयदेखि यसरी लागुऔषधको अबैध कारोबार गने गरेको समेत अनसुन्धानका क्रममा खुलेको पनि शाहीले बताउनुभयो ।
उनीहरुमाथि आजै लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्दाल थप गरी अनुसन्धान थालिएको ब्यूरोले जानकारी दिएको छ ।
