काठमाडौँ । चितवनको कालिका नगरपालिका खोलेसिमल निवासी मौरी व्यवसायी तथा सामाजिक व्यक्तित्व शिवप्रसाद शर्मा पौडेलले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई भेटेर कालिका अस्पतालका लागि उपकरणहरु माग गर्नुभएको छ ।
शुक्रबार मन्त्री क्वाटरमै भेटेर उहाँले सफल कार्यकालको शुभकामनासहित कालिका अस्पतालको स्तरोन्नतिका लागि सहयोग गर्न माग गर्नुभएको छ । उहाँ यसअघि उक्त अस्पतालको अध्यक्षसमेत हुनुहुन्थ्यो ।
पौडेलले मन्त्री पौडेल समक्ष कालिकाका मेयर विनोद रेग्मी ,वडाध्यक्ष टीकाराम रेग्मी ,अस्पताल प्रमुख रायमा तत्काल एक्सरे मेशिन,र भिडियो एक्सरे आवश्यक भएको जानाकारी गराउनुभएको थियो ।
उहाँले अस्पताललाई एउटा एक्सरे मेसिन र भिडियो एक्सरे उपलब्ध गराउन गर्दा मन्त्री पौडेलले अब वितरण गर्ने लटमा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ ।
सो भेटमा मन्त्री पौडेलले नेवि संघका पूर्वउपाध्यक्ष रामप्रसाद अधिकारीलाई कालिका अस्पतालमा चाहिने एक्सरे ,भिडियो एक्सरे मेसिनको आवश्यक कागजात लिन निर्देशन दिनु भएको छ।
पौडेलले अस्पतालको पूर्व अध्यक्षका नाताले मेयर, वडाध्यक्ष, अस्पताल प्रमुखलाई आवश्यक प्रकृयासहित कार्य अगाडि बढाउन अनुरोध पनि गर्नुभएको छ ।