काठमाडाँ : चितवनको सिमलताल घटनाको अध्इयन गर्न गृह मन्त्रालयले गठन गरेको कार्यदलले आजदेखि काम थालेको छ ।
गएको असार २८ गते चितवनको सिमलतालबाट पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई वटा बस खसेको थियो । त्यसमा सवार ६५ जना यात्रु बससँगै खसेका थिए । ३ जना जिवितै निस्किए पनि अरु बेपत्ता भएकामा अहिलेसम्म १७ जनाको शव फेला परेको छ ।
उक्त घटनाको अध्ययन गर्न अध्ययन गर्न गृहमन्त्रालयद्वारा कार्यदल गठन गरिएको थियो । गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्लमा एक कार्यदल गठन गरेका थिए । कार्यदललार्य १० दिनको कार्यादेश दिइएको थियो ।
कार्यदलले आज घटनास्थल पुगेर अध्ययन थालेको कार्यदलका सदस्य नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिए। उनले अहिले घटनास्थलको अध्ययन भइरहेको बताए।
रिजाय संयोजक रहेको कार्यदलमा एसएसपी खत्रिसहित सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शंकर खनाल, विपद् प्राधिकरणबाट सन्ध्या सिग्देल, यातायात व्यवसायी सरोज सिटौला र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिकारुपमा प्रकाश भण्डारी छन्।
आवश्यक घटनास्थल अध्ययन, प्रत्यक्षदर्शी, बाँचेका व्यक्ति,उद्धार टोली, स्थानीय प्रशासन सबैसँग छलफल गरेर प्रतिवेदन तयार पार्ने कार्यदलले जानकारी दिएको छ ।
उक्त दिन पहिरोसँगै दुई वटा बस खसेर त्रिशूली नदीमा बेपत्ता भएको थियो । बसमा सवार ६५ जना मध्ये ३ जना बाँच्न सफल भएका थिए भने अरु सबै वेपत्ता भएका थिए । अहिलेसम्म १७ जनाको शव फेला परे पनि अन्य यात्रु र बसको अवस्था अज्ञात छ ।