काठमाडौँ : मनसुन थप सक्रिय हुने समय लम्बिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज साँझ मनसुन विशेष मौसम बुलेटिन जारी गरी मनसुनी वर्षा हुने समय तीन दिन लम्बिएको जनाएको छ ।
नेपालमा मनसुन न्यून चापीय रेखाका कारण मनसुन सक्रिय हुन थालेपछि यही असार १३ गते विशेष बुलेटिन जारी गरी महाशाखाले १६ गतेसम्मका लागि वर्षा बढ्ने भएकाले सतर्कताको चेतावनी दिएको थियो ।
तर आज महाशाखाले पुन अर्काे विशेष बुलेटिन जारी गरी उक्त न्यून चाचिय रेखा आगामी केही दिन नेपालको दक्षिण भाग÷सिमाना आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने सम्भावना कायमै रहेको भन्दै आउँदो बिहीवार २० गतेसम्मै आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

उक्त अवधिमा देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
साथै कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका उक दुई स्थानमा भारी वर्षा हुने सम्भाभना रहेको उल्लेख गरिएको छ ।
आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । भोलि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
प्रभावित हुने जिल्ला
