काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले नीति विपरित काम गर्ने जो सुकै प्रहरी कर्मचारीलाई कारबाही गर्ने बताउनुभएको छ । उहाँले त्यसतर्फ माथिबाटै निगरानी भइरहेको पन िबताउनुभएको छ ।
उहाँले नागरिकलाई केन्द्रविन्दुमा राखेर कार्यसम्दालन गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन पनि दिनुभएको छ ।
उहाँले हालै सरूवा तथा काज भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी कर्मचारीहरुलाई आज निर्देशनात्मक सम्बोधनका क्रममा निस्वार्थ र पूर्ण निष्ठाका साथ आफ्नो ज्ञान र कौशल प्रयोग गरी उत्कृष्ट कार्यसम्पादन गर्न आग्रह गर्नुभएको हो ।
प्रहरी महानिरीक्षक कुँवरले विभागीय रूपमा पाएको नीति निर्देशन तथा नेपाल प्रहरी
कार्ययोजना २०८० अनुसार सांगठनिक उदेश्य एवम् लक्ष्य प्राप्त गर्नका लगि परिणाममुखी समन्वयका साथ सामुहिक प्रयाससहित इमानदार, उर्जाशील एवम् सिर्जनशील भई काम गर्न पनि निर्देशन दिनुभयो ।
विभिन्न किसिमका गतिविधिलाई ध्यानमा राखी सांगठनिक सुद्धिकरण र सुदृढिकरणलाई पनि विशेष ख्याल गर्न उहाँले ध्ध्यानाकर्षण गराउनुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनको विधि र मापदण्डलाई कार्यान्वयन गर्ने,
सोही अनुसार कार्यसम्पादन गर्ने र सिमान्तकृत एवम् पीडितवर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गरी न्याय दिलाउन ध्यान दिनुपर्ने बताउनुभयो ।
संगठनलाई आँच आउने, विधि उल्लघंन गर्ने र संगठनको नीति विपरीत काम गर्ने जो कोही प्रहरी कर्मचारीलाई कारबाहीको दायरामा ल्याइने उहाँले बताउनुभयो ।
सो क्रममा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य, प्रशासन विभागका प्रहरी नायव महानिरीक्षक केदार ढकालले पनि सम्बोधन गर्नुभएको थियो ।