काठमाडौँ । काठमाडौँको टौदहमा आज फकर दृष्य थियो । मानीस डुबेर बचाउ बचाउ गर्दै थिए । एकैछिनमा सशस्त्र प्रहरीको टोली पुग्यो र तत्कालै र्याफ्टिङ मार्फत उसको उद्धार गरे उद्धारकै क्रममा आफ्नै र्याफ्टिङ घोप्टियो ।
त्यहाँ पनि सुरक्षित रुपमा र्याफ्टिङ फर्काएर पुन पुरानै अवस्थामा विपद् उद्धार टोली सम्हालिए । पारी मानसिहरु पानीमा अड्किएका थिए उनीहरुलाई तत्काल उद्धार गरेर मोटरबोटबाट ल्याइयो । डोरीबाट पनि उद्धार गरी गम्भिर भएकाहरुलाई कत्काल प्राथमिक उपद्धार पनि भयो ।

यो सबै सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बुले आज काठमाडौँको टौदहमा विपद् अभ्यास ‘मनसुन–२’ को दृष्य थियो ।
यसअघि चन्द्रागिरि केवलकारमा सफलरुपमा विपद अभ्यास ‘मनसुन १’ सम्पन्न गरेको उक्त बाहिनीले आज टौदहमा मनसुन २ अभ्यास गरेको हो ।
आउन लागेको मनसुनका समयमा हुने बाढी, पहिरो र मुख्यगरी डुवानका समयमा गरिने उद्धारका विषयमा आज टौदहमा अभ्यास गरिएको बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मनसुनको सुरुवातसँगै घट्न सक्ने बाढी, पहिरो, डुबान एवं विपद्का घटनाहरुमा प्रतिकार्य गर्न पूर्वतयारीका कर्याक्रम स्वरुप आज अभ्यास गरिएको हो ।

यो उपलब्ध खोज तथा उद्धारका सामाग्रीहरुको अधिकतम प्रयोग गरी जिल्ला एवं प्रदेशस्थित विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकायहरुसँग समन्वय गरी बाहिनीस्तरिय विपद् प्रतिकार्य अभ्यास भएको पनि उहाँले बताउनुभयो ।
उक्त अभ्यासपछि आयोजित समारोहमा सशस्त्र प्रहरीको कार्य विभागका विभागीय प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले यस्ता अभ्यासले उद्धारमा प्रभारवकारी काम गर्न सक्ने भएकाले नियमित आयोजना गर्नुपर्ने र सशस्त्र प्रहरीले त्यो काम जारी राखेको बताउनुभयो ।
बाहिनीमा अनुसार उक्त अभ्यासको मुख्य उद्देश्य सम्भावित विपद्का घटनामा प्रतिकार्यको लागि तयार रहन फौजको क्षमता अविृद्धि र सामाग्रीहरुको अध्यावधिक गर्न, सरोकारवाला निकायहरु बीच समन्वय कायम गर्न, ज्ञान आदान प्रदान गर्न र विपद्को समयमा यसले पुर्याउन सक्ने क्षति न्यूनिकरणका लागि प्रभावकारी रुपमा तत्काल टोली परिचालन गर्नु रहेको बताइएको छ ।

आजको अभ्यासमा र्याफ्टिङ, मोटरबोट, डोरीबाट हुने उद्धार अभ्यास गरिएको थियो । पानीमा डुबेकाको उद्धार, पानी मुनी रहेको शवको खोजी, अड्किएको स्थान र जोखिमपूर्ण स्थानमा अड्किएका मानिसको उद्धार गर्ने अभ्इास गरिएको थियो ।
गोताखोर तालिम गरेका दक्ष जनशक्तिले गहिराईमा डुबेका पीडितहरुको उद्धार गर्ने कला समेत प्रदर्शन गरेका थिए ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले विपद् प्रतिकार्यमा सम्बद्ध सम्पूर्ण सरोकारवाला निकायहरुबीच सहकार्य र समन्वयको भावना विकास होस् भन्ने अभिप्राय रहेको बताउनुभयो । उहाँले गत आर्थिक बर्षमा सशस्त्र प्रहरी बल, नेपालले देशभर रहेका ईकाइहरुमार्फत जम्मा ३६१ एकल एवं संयुक्त अभ्यास गरेको बताउनभयो ।

सो क्रममा गृह मन्त्रायलकी उपसचिव रमा आचार्यले विपदपूर्व अभ्यास अत्यान्त जरुरी रहेको र यसले क्षति न्युनिकरण गर्न सहयोग गर्ने बताउनुभयो ।
नेपाल रेडक्रम सोसाईटीका महामन्त्री भूपति श्रेष्ठले रेडक्रसले सरकारको सहयोगी भएर काम गर्दै आएको र विपद व्यवस्थापनमा पूर्व तयारी आवश्यक हुने उल्लेख गर्नुभयो । उहाँले यस्ता अभ्यास जरुरी रहेको पनि बताउनुभयो ।
