रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १५ ले वडाबासीहरुका लागि अर्को नयाँ काम गर्न लागेको छ ।
उक्त वडाले वडाभित्र स्थायी बसोबास गर्ने शारीरिक अशक्त, अपाङ्ग (भिन्न क्षमता) भएका व्यक्तिहरुलाई आवश्यकता अनुसारको ह्वील चेयर, ट्राई साइकल र इलेक्ट्रिक चेयर वितरण गर्न लागेको हो । त्यसका लागि सार्वजनिक सूचना समेत जारी गरिएको छ ।
व्यक्तिलाई कस्ताे खालकाे चाहिएकाे हाे नापेर साेही खालकाे ह्वील चेयर बनाएर दिइने छ । बजारमा पाइने सामान्य खालकाे ह्वील चेयर दिन लागिएकाे भने हाेइन । आवश्यकताका आधारमा ह्वील चेयर बनाइने जनाइएकाे छ
यसअघि सुत्केरीलाई पोषण कार्यक्रम तथा विपन्न समुदायका लागि धारा जडानलगायत कमजोर वर्गका मानिसहरुका लागि विभिन्न आयआर्जन र सीपमुलक बनाउने कार्य गर्दै आएको उक्त वडाले फेरि अर्को नमूना काम गर्न लागेको भन्दै वडाबासीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
वडाको सूचनामा भनिएको छ, ‘चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १५ मा स्थायी बसोबास गर्ने शारीरिक अशक्त अपाङ्ग (भिन्न क्षमता) भएका व्यक्तिहलाई आगामी आव ०८१/८२ मा आवश्यकता अनुसारको ह्वील चियर, ट्राई साइकल र इलेक्ट्रिक चियर वितरण गर्ने लक्ष्य राखेको हुदाँ, यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र आफूलाई के कस्तो ह्वील चियर आवश्यक पर्ने हो ? सो विवरण खुलाई निवेदन पेश गर्नु हुन सम्पूर्ण वडाबासीहरुमा अनुरोध गरिन्छ।’
रत्ननगर १५ का वडाध्यक्ष आसिक तामाङले वडाभित्रका सबै शारीरिक अशक्त, अपाङ्ग (भिन्न क्षमता) भएका व्यक्तिहरुले ह्वील चियर, ट्राई साइकल र इलेक्ट्रिक चेयर पाउने गरी कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अब त्यसबाट कोही पनि वञ्चित हुनु पर्दैन।’
त्यसका लागि वडा नम्बर १५ मा स्थायी बसोबास गर्ने शारीरिक अशक्त अपाङ्ग (भिन्न क्षमता) भएका व्यक्तिहरुलाई वैशाख ४ गतेबाट १५ दिनभित्रमा आफूलाई के कस्तो ह्वील चेयर आवश्यक पर्ने हो ? सो विवरण खुलाई निवेदन पेश गर्न अनुरोध गरिएको छ ।
वडाको सूचनामा भनिएको छ, ‘चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १५ मा स्थायी बसोबास गर्ने शारीरिक अशक्त अपाङ्ग (भिन्न क्षमता) भएका व्यक्तिहलाई आगामी आव ०८१/८२ मा आवश्यकता अनुसारको ह्वील चियर, ट्राई साइकल र इलेक्ट्रिक चियर वितरण गर्ने लक्ष्य राखेको हुदाँ, यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र आफूलाई के कस्तो ह्वील चियर आवश्यक पर्ने हो ? सो विवरण खुलाई निवेदन पेश गर्नु हुन सम्पूर्ण वडाबासीहरुमा अनुरोध गरिन्छ।’
यसका लागि वडाले नारायणी बहुप्राविधिक शिक्षालयका इन्जिनियरसहित इन्फिनिटी ल्याबसँग सहकार्य गरेकाे छ ।
आवश्यक कागजातहरु
१, नागरिकताको प्रतिलिपी-१
२, अपाङ्ग परिचय पत्रको प्रतिलिपी-१
थप जानकारीको लागि वडाध्यक्ष आसिक तामाङ्ग ९८५५०६६५६२ र वडा सचिव सूर्यप्रसाद ढुंगाना ९८५५०६२५९४ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
यसअघि उक्त वडाले विपन्न, गरिब र सुकुम्बासी परिवारका लागि धारा जडान गर्ने कार्यक्रम ल्याएको थियो । वडाध्यक्ष आसिक तामाङले आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई छनोट गरेर धारा जडान गर्ने कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।
उक्त वडाले पछाडि पारिएका, गरिब महिला, विपन्न तथा सुकुम्बासी समुदायका लागि विभिन्न कार्यक्रम अघि बढाएको छ ।
अघिल्लो वर्षबाट गर्भवती तथा सुत्केरीका लागि पोषण तथा सरसफाइ सामग्री सहयोग गर्न थालेको रत्ननगर १५ ले नागरिकका समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाउँदै आएको छ ।
वडा सचिव सूर्यप्रसाद ढुंगानाले वडाका नागरिकहरुको समस्यामा वडा साथै रहने बताउनुभएको छ ।
सूचना हेर्नुस्
