काठमाडौं, चैत २८ गते।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलका उच्च नेतृत्वको सुझाव सरकार र देशकै लागि महत्वपूर्ण रहेको बताउनु भएको छ ।
सोह्रौँ पञ्चवर्षीय योजना तर्जुमाका लागि राजनीतिक दलका शिर्ष नेताहरुसँग सुझाव लिने क्रममा सो धारणा व्यक्त गर्नु भएको हो।
प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रचण्डले १६ औँ योजना २०८१/०८२–२०८५/०८६ का विषयमा सिंहदरबारमा बुधबार आयोजित छलफलमार्फत शीर्ष राजनीतिक नेतृत्वहरुसँग सुझाव लिनुभयो।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजनीतिक दलका नेतृत्वहरुबाट प्राप्त सुझावलाई समेटिने भएकाले पनि महत्वपूर्ण रहेको उहााले बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले १६ औँ योजना तयार गर्नका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको बजानकारी दिनुयभो।
छलफलमा योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठले १६ औँ योजनाको तयारीका बारेमा जानकारी गराउनुभयो। राजनीतिक दल तथा उच्च नेतृत्वहरुबाट प्राप्त सुझावहरू समेटेर नयाँ योजनालाई अन्तिम रूप दिइने उहााले जानकारी दिनुभयो।
सो छलफलमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी० पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका तर्फबाट उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री डा।
युवराज खतिवडा, जनता समाजवादी पार्टीबाट अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले लगायतका उच्च नेतृत्वहरु सहभागि रहनु भएको थियो।