काठमाडौँ । नेपाल लतिलकला प्रज्ञा–प्रतिष्ठानको आयोजना, इटहरी उप–महानगरपालिकाको सहआयोजना तथा इटहरी मेट्रिक्सको स्थानीय व्यवस्थापनमा मङ्गलबारबाट कोशी ‘प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ ।
सुनसरीको इटहरी मेट्रिक्समा भएको प्रदर्शनीको प्रदेशका सभामुख अम्बरबहादुर विष्टले उद्घाटन गर्नुभएको थियो ।
प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख तथा कोशी प्रदेश समन्वय समिति संयोजक संजय वान्तवाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री रामकुमार सुब्बा, प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, माननीयहरु यशोदा, कायस्थ, मिना श्रेष्ठ, विनोद वान्तवा, इटहरी उप–महानगरपालिकाका प्रमुख हेमकण पौडेल, नेपाली सेनाका पूर्वी पृतनाका पृतनापति उपरथी आशबहादुर तामाङ सहभागी हुनुहुन्थ्यो ।
जसमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा कलाकारहरूको समेत सहभागिता रहेको थियो । समारोहमा अग्रज संस्कृतिकर्मीहरू रामकुमार सुब्बा, श्रीकृष्ण जोशी, दल ब।तामाङ, निवास पोख्रेल, जीवनाथ पोख्रेल, रेनुका तिम्सिना, श्रीप्रसाद किराती, उषा अर्याललाई सम्मान गरिएको थियो ।
प्रदर्शनीमा १४९ कलाकारका २५५ भन्दा बढी कलाकृति राखिएको छ । कोशीमा फागुन चैत ३ सम्म चल्ने छ । अब मधेसमा चैत २–५ तथा बागमतीमा चैत १२–१६ गते प्रादेशिक कला प्रदर्शनी हुने छ । यसअघि गण्डकी, कर्णाली, लुम्बिनी र सुर्खेतमा प्रदर्शनी सम्पन्न भइसकेको छ ।
नेपाल ललितलका प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘सामाजिक रूपान्तरण ललितकलाको अभियान’ भन्ने मूल भावमा रही पहिलो पटक सातै प्रदेशमा कला प्रदर्शनी आयोजना गरिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले जानकारी दिनुभयो ।