काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। आज बुधवार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ ग्रहण गराउनुभएको छ।
उक्त मन्त्रिपरिषदमा नेकपा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीमा रघुवीर महासेठसहित ८ जना हुनुहुन्छ। कानून, न्याय तथा संसदीय मामिलामा पदम गिरी, रक्षामा हरि उप्रेती, महिला बालबालिकामा भगवती चौधरी, खानेपनीमन्त्रीमा राजेन्द्र राई, उद्योगमन्त्रीका रुपमा दामोदर भण्डारी, कृषिमन्त्रीमा ज्वालाकुमारी साह र भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा बलराम अधिकारीले शपथ लिनुभएको छ ।
माओवादीबाट नारायणकाजी श्रेष्ठलाई परराष्ट्र, वर्षमान पुनलाई अर्थ, शक्ति बस्नेतलाई उर्जा, रेखा शर्मालाई सञ्चार र हितबहादुर तामाङललाई पर्यटन मन्त्रीको जिम्मेवारी दिइएको छ । नेकपा एसका तर्फबाट भानुभक्त जोशीले संघीय मामिला र धनबहादुर बुढाले शहरी विकासमन्त्रीको शपथ लिनुभएको छ ।
रास्वाका सभापति रवि लामिछानेले उप्रधानसहित गृहमन्त्री, शिक्षामन्त्रीमा सुमुना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठले पद तथा गोपनियताको शपथ लिनुभएको हो ।