काठमाडौँ ।
काठमाडौँ उपत्यका स्थित चन्द्रगिरि पहाडमा अहिले हिमपात भइरहेको छ । यो वर्ष हिउँदे वर्षाको ढिलाइ र राम्रो वर्षाको प्रणाली आउन नसक्दा अहिलेसम्म त्यहाँ हिउँ पर्न सकेको थिएन । बिहीबार(आज) अपराह्नदेखि सुरु भएको वर्षा लगत्तै साँझ चन्द्रगिरि पहाडमा हिउँ पर्न थालेको हो । हिउँ परेपछि चन्द्रगिरि स्थित भालेश्वर महादेशको मन्दिर परिसर र डाँडा आसपास राम्रो हिमपात भएको छ ।
