काठमाडौँ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर नै मौसम बदली भएको छ । मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बढी बदली भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखिएको छ । गण्डकी प्रदेश र मधेश प्रदेशको एक वा दूई स्थानमा अहिले हल्का वर्षा भइरहेको पनि विभागले जनाएको छ ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार देभभर नै बदली रहेको र बादल सबैतिर देखिएको बताउनुभयो । विगत २४ घण्टामा सुदुरपश्चिम, कणाली र गण्डकीका केही स्थान र बाँकी भूभागमा एक दुई स्थानमा वर्षा भएको उहाँले बताउनुभयो । काठमाडौँमा भोलि अडी बढी असर गर्ने देखिएको बताइएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ । मधेश प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
आजराति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको उहाँले बताउनुभयो ।
भोलि देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशहरुका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, गण्डकी प्रदेशका र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । भोलि राति देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेशका र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का हिमपात हुनसक्ने जनाइएको छ ।
पर्सी शुक्रबारबाट मौसममा केही सुधार हुँदै जाने र देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने जनाइएको छ ।