काठमाडौं । सरकारले विभिन्न प्रमुख पदहरुमा नियुक्ति गरेको छ तथा विभिन्न कारणलले अयोग्ग ठहरिएकालाई पदबाट बहिर्गमन सहितका ७१ निर्णय गरेकाे छ।
आज बसेको मन्त्रीपरिषदको बैठक र यस अघि बसेको अन्य मन्त्रिपरिषदको बैठकसहित विभिन्न ७१ निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले बताउनुभयो ।
जस अनुसार सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको जनाएको छ । मन्त्री शर्माले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिनुभएकाे हाे।
त्यस्तै मन्त्रिपरिषद् बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति लिएको भन्दै पदबाट निलम्बन गर्ने अर्को गम्भिर निर्णय गरेको छ । साथै सरकारले सुरक्षण मुद्रण केन्द्रका लागि आर्थिक वर्ष २०८० र ८१ को असार मसान्तसम्मका लागि अधिकृत स्तरका आठ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको मन्त्री शर्माले बताउनुभयो।
त्यसैगरी मन्त्रिपरिषद्ले राष्ट्रिय सूचना प्रविधि केन्द्रको काठमाडौँ, मकवानपुर, कोहलपुर र ललितपुरका कार्यालयमा आ.व. २०८०/८१ को पुस १ गते देखि २०८१ साल असार मसान्तसम्मका लागि अधिकृत स्तरका २३ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
मन्त्री शर्माका अनुसार स्थानीय तह मातहत रहेका आँपपीपल अस्पताल गोरखा, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र बागलुङलाई ५० शय्याको अस्पतालमा स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।
निर्णयहरू
