एउटा पुँजीवाद समाज । भारतको मूम्बइ अधिकाश व्यक्ति आपनो व्यक्तिगत जीवन र करियरका सपनाको शहर हो ।
संसारका मानिसहरु मुम्बइलाई आपनो ड्रिम बनाउँदै आएका थुप्रै उदाहरण छन् तर भर्खर कलेज जीवन सुरु गरेकी रेनु चन्दले मुम्बइको त्यो सुख शयलको जिन्दगीभन्दा पनि एउटा विद्रोह रोजिन् र आफ्नो बुबा सङ्गै नेपालमा शुरु गरिएको सशस्त्र युद्धमा भाग लिने निर्णय गरिन् ।
यो निर्णयमा पुग्न पुँजीवदी समाजमा उनले भोगेको र देखेको असमानता र बुबाको माओवादी जनयुद्धको संलग्नताले उहाँ मुम्बइबाट नेपाल, त्यो पनि सुदुरपश्चिमको बैतडीमा युदद्धमा सामेल हुन पुगिन्। बैतडीको जोशीबुङ्गा पुर्खौली घर भएकी रेनुले जब महिला पुरुषमाथि हुने गरेको जातीय विभेद देखिन्, तब थप महिला आन्दोलन र माओवादी जनयुद्धमा आफूलाई पूर्णरुपले होमिने निर्णय गरिन् ।
रेनुलाई त्यसपछि मूम्बइलाई सदाका लागि त्यागिन् अनि सुदुरपश्चिममा जातीय , वर्गीय र लैङ्गिक विभेद देख्दा मैले सही निर्णय लिएको रहेछु भन्ने बेलाबेलामा लाग्थ्यो ।
यसरी प्रवासदेखि माओवादी आन्दोलनमा जोडिएकी रेनु चन्द ०५७ सालमा पूर्ण रुपले माओवादी जनयुद्धमा होमिइन् र जनमुक्ति सेनाको बटालियन कमिसार बन्न पुगिन् । माओवादी जनयुद्धकै दौरान सेती महाकालीका विभिन्न मोर्चाहरुमा लड्दै डोटी , बैतडी , दार्चुला , अछाम र बाजुराको जिल्ला इन्चार्जको रुपमा आपनो जिम्मेवारी सम्हालिन् ।
सेती, महाकालीको पार्टी निर्माणमा एतिहासिक योगदान दिएकी युद्धकालिन महिला नेतृलाई यसपाली सत्ता गठबन्धनले राष्ट्रियसभामा सुदुरपश्चिमबाट उम्मेदवार बनाउँदा गठबन्धनबाहेक विपक्षी दलले समेत यो निर्णय एकदमै सकारात्मक र न्यायिक भन्दै सुनाउने गरेको छन्।
पहिलो संविधानसभाको निर्वाचनमा कांग्रेसका पूर्वमन्त्री एवम् प्रभावशाली नेतालाई पराजित गर्दै निर्वाचित हुँदाको समय सम्झिछ्न् हाल पार्टीको केन्द्रीय सदस्य महिला संगठनको केन्द्रीय उपाध्यक्षसहित सुदूरपश्चिम इन्चार्ज रहेकी रेणु सामाजिक, राजनीतिक, आर्थिक र महिला अधिकारका सवालमा एउटा राष्ट्रिय व्यक्तित्व हुन्।
पहिलो संविधानसभामा टपटेन युवा सभासदबाट सम्मानित रेनु राष्ट्रिय तथा अन्तरराष्ट्रिय कार्यशाला गोष्ठीमा वैचारिक कार्यपत्रमार्फत धारणा दिँदै आएकी छिन्।
महिलाहरुको राष्ट्रिय सञ्जाल र महिला दबाब समूहका अध्यक्ष कल्याणी शाह रेनु चन्द एक युवा, झुजारु महिला नेतृत्व भएको सम्झनुहुन्छ ।