कपिलवस्तु । कपिलवस्तुको ऐतिहासिक, पुरातात्विकस्थल सगरहवामा प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सुरु भएको छ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा ल्हारक्याल लामाले ढुंगालाई हम्मर र छिनोले खोपेर सोमवार मूर्तिकला कार्यशालाको उद्घाटन गर्नुभएको छ ।
लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँ, पर्यटन डिभिजन कार्यलय लुम्बिनी प्रदेश रुपन्देहीसहित स्थानीय संघसंस्थाहरूको आयोजनामा कार्यशाला सुरु भएको हो।
कार्यशालाको शुभारम्भ गर्दै उपाध्यक्ष डा. लामाले सगरहवा बुद्धकालिन समयमा शाक्यहरूको नरसंहार भएको स्थल भएकाले यसलाई अन्तर्राष्ट्रियकरण गर्न प्रत्येक वर्ष शान्ति पूजा गर्ने घोषणा गर्नुभयो।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले मूर्तिकला कार्यशालाले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।
निकै महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले कपिलवस्तु नगरपालिका ऐतिहासिक स्थल सगरहवा सहित यहाँका बौद्धकालिन क्षेत्रहरूको विकासका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले कपिलवस्तुलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि रामग्राममा जस्तै यहाँ पनि कार्यक्रम गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा कोषका कोषाध्यक्ष एंव कार्यशाला निर्देशक समितिका संयोजक ढुण्डिराज भट्टराईले सगरहवामा शाक्य गणराज्यको उत्थान र पतनसंग गाँसिएका विभिन्न कथाहरूलाई मूर्तिमा कलाकारहरूले उतार्ने बताउनुभयो।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागका प्रमुख दिनेश्वर महतोले यहाँ पुरातात्विक र ऐतिहासिक विषयसँग जोडेर मूर्ति निर्माणको काम सुरु गरिएको जानकारी दिनुभयो ।
उहाँले अरनिको स्मृति दिवसको अवसर पारेर ऐतिहासिक स्थलमा मूर्ति निर्माणको कामको थालनी हुनु निकै खुसीको कुरा भएको बताउँदै कलाको विकासमा सबैसँग जोडिएर अगाडि बढ्न चाहेको जानकारी गराउनुभयो ।
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट ९ किमी र तिलौराकोटबाट ६ किमी उत्तरमा रहेको सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरूको सम्झनामा सयौं स्तुुपाहरूको निर्माण गरेको चीनियाँ यात्री हुयन् साङ्को सन् ६३६ को यात्रा बृतान्तमा उल्लेख गरिएको पाइन्छ ।
सन् १८९७ मा डा फुुरर्हरद्वारा गरिएको उत्खनन् तथा अन्वेषणमा शाक्य सेनाहरूको सम्झनामा १७ वटा निर्माण गरिएका ठूूलो वर्गाकार स्तुुपाहरू र धेरै संख्यामा साना स्तुुपा भेटिएको थियो। स्तुुपाभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुवि जस्ता सामाग्री प्राप्त भएका थिए।