चितवन । चितवनको भरतपुर महानगरको नगर प्रहरीको कमाण्ड प्रहरी नायव उपरीक्षक ९डिएसपी० ले सम्हाल्ने भएका छन् ।
महानगरपालिकामा नगर प्रहरीले गर्नुपर्ने कामको चाप वृद्धि भएसँगै नगर प्रहरी निरीक्षकको कमाण्डलाई परिवर्तन गरी नगर प्रहरी नायब उपरीक्षक ९डिएसपी० नियुक्त गरिएको हो ।
महानगरपालिकाले नयाँ २८ जना नगर प्रहरी थप गरेसँगै नगर प्रहरीको संख्या ७३ पुगेको महानगरका प्रशासन प्रमुख झलककुमार श्रेष्ठले जानकारी दिए।
नयाँ थप भएकोमा नगर प्रहरी नायब उपरीक्षक १ जना, नगर प्रहरी नायब निरीक्षक १ जना, नगर प्रहरी सहायक निरीक्षक ३ जना र नगर प्रहरी जवान २३ जना रहेका छन् ।
यसअघि महानगरपालिकामा विभिन्न पदमा ४५ जना नगर प्रहरी कार्यरत रहेका थिए ।
शुक्रबार नगर प्रहरीको स्वागत तथा नियुक्तपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नगर प्रहरीको काम र कर्तव्यलाई आत्मसाथ गर्दै सुन्दर, सभ्य र सुसंकृत महानगर बनाउने कार्यमा अगाडि बढ्न अनुरोध गर्नुभयो ।
भरतपुर विकास निर्माण र अन्य गतिविधिमा देशकै अग्रणी पालिका रहदै आएकोमा अब देशकै उत्कृष्ट नगर प्रहरीको रुपमा परिचित हुन शुभकामना पनि दिनुभयो ।
यस्तै महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरको गरिमालाई थप उच्च पार्ने गरी नगर प्रहरीले कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो । उपप्रमुख अधिकारीले भरतपुरको २९ वटा वडामा महानगरको नीति नियमलाई कार्यान्वन गर्न कुनै त्रासमा नपरी काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नव नगर प्रहरीलाई निर्देशन दिनु हुँदै प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले महानगरको कार्यालयपालिका बैठकबाट भए निर्णयलाई अक्षरस कार्यान्वन गर्ने जिम्मा नगर प्रहरीको भएको उल्लेख गर्नुभयो ।